शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

चुनावी माहोल बढिरहँदा उचाइतिर सेयर बजार, निरन्तर रहला वृद्धि?

images
आइतबार, कात्तिक २० २०७९
images
चुनावी माहोल बढिरहँदा उचाइतिर सेयर बजार, निरन्तर रहला वृद्धि?
images
images

काठमाडौं- देशभर चुनावी माहोल बढिरहँदा त्यसको प्रभाव सेयर बजारमा समेत देखिन थालेको छ। गएको साता सुरुवाती कारोबारको तीन दिनमा ७९.८२ अंकले बढेर अन्तिम कारोबारमा बिहीबार १६.१४ अंकले घटेको बजारमा यो साता आइतबार हरियाली देखिएको छ।

images
images
images

आइतबार ४३.२० अंकले बढेर बजार १९६५.३६ बिन्दुमा पुगेको छ। १८५ कम्पनीको सेयर मूल्य बढ्दा सिटिजेन्स बैंक इन्टरनेशनलको मात्र सेयर मूल्य घटेको छ। आइतबार १ अर्ब ५४ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

images
images

सेयर बजार उतारचढावपूर्ण अवस्थाबाट चुनावी चहलपहलसँगै लगातार वृद्धिको बाटोमा देखिने विश्लेषण भइरहेका छन्। नेप्से परिसूचकमा अंक र कारोबार रकममा समेत वृद्धि भइरहेको देखिन्छ। झन्डै एक वर्षदेखि उकालो लाग्न नसकेको सेयर बजारमा तिहारलगत्तै उत्साह देखिएको हो। चाडपर्वको समयपछि चुनावी माहोलले छुँदा बजारमा हरियाली देखिँदै आएको विश्लेषण भइरहेको छ।

images
images

गएको साता पहिलो कारोबारमा सोमबार १६.३९ अंकले बढेर १८७४.८७ बिन्दुमा पुगेको थियो। मंगलबार ५६.११ अंकले बढेको बजार बुधबार ७.३२ अंकले बढेर बजार १९३८.३० बिन्दुमा पुग्यो भने बिहीबार १६.१४ अंकले घटेको थियो। 

अहिलेको वृद्धि निरन्तर रहने र साताभर नै बजारमा हरियाली नै देखिने विश्लेषकहरू बताउँछन्। सेयर बिश्लेषक बिष्णु बस्यालले अब चुनावले सेयर बजारमा राम्रै पैसा आउने देखिएकोले बजारमा लगातार वृद्धि देखिने बताए। उनका अनुसार चुनावपछि बन्ने नयाँ सरकारको आकारसमेत देखिएकोले पनि बजार सकारात्मक हुँदै जानेछ। 

चाडपर्वको समयमा सेयर बजारमा सुधार हुने अपेक्षाविपरीत बजार निरन्तर उतारचढावपूर्ण यात्रामा रहेको थियो। प्रतिनिधिसभाको चुनाव पनि नजिकिँदै गर्दा लुकेर रहेको रकम पनि पुनः बैंकमा बढ्ने अनुमानले बजार सकारात्मक भइरहने आधारहरू तय भएको विश्लेषकहरू बताउँछन्।  


प्रकाशित : आइतबार, कात्तिक २० २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend