बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

३ महिनामै १४ करोड ८० लाख रुपैयाँको ५ लाख ११ हजार केजी चुइङगम आयात

images
शनिबार, कात्तिक १९ २०७९
images
३ महिनामै १४ करोड ८० लाख रुपैयाँको ५ लाख ११ हजार केजी चुइङगम आयात

नेपालले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो ३ महिना (साउनदेखि असोजसम्म)मा १४ करोड ७९ लाख ६४ हजार रुपैयाँ बराबरको चुइङगम आयात गरेको छ।

images
images

काठमाडौं- नेपालले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो ३ महिना (साउनदेखि असोजसम्म)मा १४ करोड ७९ लाख ६४ हजार रुपैयाँ बराबरको चुइङगम आयात गरेको छ।

images
images
images

भन्सार विभागका अनुसार ३ महिनामा ५ लाख ११ हजार ७ सय ५३ किलो चुइङगम आयात भएको छ। चुइङगम आयातमा मात्रै नेपालबाट १४ करोड ८० लाख रुपैयाँ बाहिरिएको छ। 

images
images

साथै सरकारले चुइङगम आयातबाट ११ करोड ८९ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। चालु आवको ३ महिनामा आयात भएको चुइङगम गत आवको भन्दा बढी हो। गत आर्थिक वर्ष २०७८/०७९ मा नेपालले ४ लाख ८९ हजार १ सय ५४ किलो चुइङगम आयात गरेको थियो।

images
images

परिमाणमा गत आवको भन्दा बढी चुइङगम आयात भए पनि रकम भने चालु आवकै कम छ। गत आवमा १४ करोड ८१ लाख ९ हजार रुपैयाँ बराबरको चुइङगम आयाात भएको थियो। गत आवको ३ महिनामा सरकारले चुइङगम आयातबाट १० करोड ७४ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।


प्रकाशित : शनिबार, कात्तिक १९ २०७९११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend