बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

कर्णाली राजमार्गमा सवारी साधनको भाडा निर्धारण

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १८ २०७९
images
कर्णाली राजमार्गमा सवारी साधनको भाडा निर्धारण

कर्णाली प्रदेश सरकारले सवारी यातायातसम्बन्धी भाडादर कायम नगरेको र कानून पनि नबनाएकाले यहाँका पहाडी तथा हिमाली जिल्लाको भाडादर कायम गर्न समस्या भएको केसरीको भनाइ छ । 

images
images

जुम्ला- कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधनको भाडा दर कायम गरिएको छ । 

images
images
images

जिल्ला प्रशासन कार्यालय जुम्लामा कात्तिक १५ मा बसेको बैठकले नेपाल सरकारले गत असार २७ गते निर्धारण गरेको भाडादरअनुसार जुम्ला, कालीकोट र सुर्खेतसम्मको भाडा दर कायम गरिएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिए। 

images
images

उनका अनुसार उक्त निर्धारित भाडा दरमा १५ प्रतिशत बढाएर नयाँ भाडा दर कायम गरिएको हो । जसमा जुम्ला–सुर्खेतसम्मको एक हजार दुई सय ८३ भाडा दरमा १५ प्रतिशत बढाएर रु एक हजार चार सय ७५ कायम गरिएको छ । त्यस्तै मिनिबस/हाइसको एक हजार ५७० लाई बढाएर एक हजार आठ सय पाँच कायम गरिएको छ ।

images
images

त्यस्तै जुम्ला–सुर्खेत जीपका लागि  एक हजार आठ सय ४५ मा १५ प्रतिशत बढाएर  दुई हजार एक सय २१ रुपैयाँ भाडा पुगेको उनले बताए। प्रमुख महतका अनुसार जुम्ला काठमाडौँका लागि  चार हजार भाडा लिने गरेको बसको भाडादर तीन हजार दुई सय २० कायम गरिएको छ । 

नागरिकले अटोरिक्सा, जीप, हाइस/मिनिबस, बसलगायतका सवारीसाधनले महँगो भाडा लिएर नागरिकलाई मर्कामा पारेको जनगुनासो आएपछि कर्णाली राजमार्गमा सञ्चालन हुने सबै प्रकारका सवारी साधनको भाडादरमा हेरफेर गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिए।
 
कर्णाली प्रदेश सरकारले सवारी यातायातसम्बन्धी भाडादर कायम नगरेको र कानून पनि नबनाएकाले यहाँका पहाडी तथा हिमाली जिल्लाको भाडादर कायम गर्न समस्या भएको केसरीको भनाइ छ । 

कायम भाडादर कार्यान्वयनमा आएन

व्यवस्थापक एवं नियमनकारी निकायले भाडादर कायम गरे पनि यातायात व्यवसायीहरुले त्यसलाई कार्यान्वयनमा ल्याएको छैन । चार दिनअघि जुम्ला प्रशासन बसेर कायम गरिएको भाडा दरभन्दा बढी भाडा असुलेको स्थानीय डिकेश शाहीले बताए।

उनका अनुसार जुम्ला–सुर्खेत हाइसको भाडा एक हजार आठ सय पाँच हुँदा जुम्ला कुडारीबाट सुर्खेतका लागि थप  छ सय तिर्नुपरेको बताए। छोटो दूरीमा चल्ने अटो रिक्साले प्रतिकिमी ८ दशमलव ५२ र जीप तथा भ्यान रु ७ दशमलव ५९ लिनुपर्नेमा १५ प्रतिशत भाडा बढाउँदा पनि प्रतिकिलोमिटर  १२ देखि १४ दशमलव २८ असुली रहेको जुम्ला तिला गाउँपालिकाका स्थानीय धीरबहादुर सिंहले गुनासो गरे।


प्रकाशित : शुक्रबार, कात्तिक १८ २०७९१०:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend