मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

आन्तरिक राजस्व विभागको प्राथमिकता : बजार अनुगमन र बक्यौता असुली

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक १७ २०७९
images
आन्तरिक राजस्व विभागको प्राथमिकता : बजार अनुगमन र बक्यौता असुली

हालै सम्पन्न गोष्ठीबाट आन्तरिक राजस्व विभागले यही वर्षको पुसभित्र बियर उत्पादक कम्पनीमा फ्लोमिटर जडान गर्ने र अन्य मदिरा उत्पादन उद्योगमा फ्लोमिटरका लागि अध्ययन गर्ने घोषणा गरेको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षलाई बजार अनुमगन वर्ष मनाउने घोषणा गरेको आन्तरिक राजस्व विभागले यो वर्ष १८ हजार करदाताको स्थलगत अनुगमन गर्ने भएको छ। 

images
images
images

पछिल्लो समय घटिरहेको आर्थिक गतिविधिले वार्षिक लक्ष्य भेटाउन कठिन अवस्थामा पुगेको विभागले बजार अनुमगन तथा बक्यौता उठाउने कुरालाई प्राथमिकता दिने भएको छ। 

images
images

विभागले कम्तीमा १८ हजार करदाताको स्थलगत अनुगमन गर्ने । सघन र प्रभावकारी अनुगमनमार्फत राजस्व चुहावट नियन्त्रण गर्न र करदातालाई सहजीकरण गरी कर सहभागिता वृद्धि गर्न सहयोग पुग्ने विभागले विश्वास गरेको छ। 

images
images

यो वर्ष विभागलाई ६ खर्ब २६ अर्ब राजस्व उठाउने लक्ष्य निर्धारण भएको छ। लक्ष्य अनुसारको राजस्व पहिलो त्रइमासमा नदेखिएपछि विभागले बक्यौता उठाउने तथा अनुमगन गर्ने रणनीति लिने भएको छ। 

कर सहभागिता बढाउनका लागि प्रविधिको प्रयोग बढाउने, प्रशासनिक सहजकरण गर्ने घोषणा गरेको विभागले बक्यौता कर असुली गर्ने प्रयोजनको लागि कर बक्यौता राख्ने करदाताहरूलाई अन्तिम तहसम्मको कानुनी कारवाही गरी बक्यौता असुली तथा लगत अद्यावधिक गरी सम्वत् २०७९ साल आषाढ मसान्तमा कायम रहेको बक्यौताको ७० प्रतिशत बक्यौता घटाउने घोषणा गरेको छ। 

हालै सम्पन्न गोष्ठीबाट आन्तरिक राजस्व विभागले यही वर्षको पुसभित्र बियर उत्पादक कम्पनीमा फ्लोमिटर जडान गर्ने र अन्य मदिरा उत्पादन उद्योगमा फ्लोमिटरका लागि अध्ययन गर्ने घोषणा गरेको छ। 

 

 

 


प्रकाशित : बिहीबार , कात्तिक १७ २०७९०९:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend