शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सेयर बजारमा देखियो लगातार वृद्धि, विश्लेषक भन्छन्- अब उभार आउँछ

images
बुधबार, कात्तिक १६ २०७९
images
सेयर बजारमा देखियो लगातार वृद्धि, विश्लेषक भन्छन्- अब उभार आउँछ
images
images

काठमाडौं- चुनावी चहलपहलसँगै लगातार वृद्धि देखिएको सेयर बजार बुधबारको कारोबारमा समेत उचाइतर्फ लागेको छ। मंगलबार ५६.११ अंकको उछाल आएको बजार सोमबार पनि दोहोरो अंकले नै बढेको थियो। 

images
images
images

नेप्से परिसूचकमा अंक र कारोबार रकममा समेत वृद्धि हुन थालेको देखिन्छ। अहिले पछिल्लो १६ कारोबार यताकै धेरै कारोबारसमेत हुन थालेको छ। पछिल्लो समय ५० देखि ७० करोड रुपैयाँको कारोबारमा खुम्चिएको सेयर बजार मंगलबार पनि सवा अर्बको कारोबार भएको थियो। त्यही अनुरुप बुधबारको कारोबारमा पनि सुधार देखिएको छ। 

images
images

बुधबार ७.३२ अंकले बढेर बजार १९३८.३० बिन्दुमा पुगेको छ। जहाँ १२४ कम्पनीको सेयर मूल्य बढेको छ। बुधबार १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ। 

images
images

झन्डै एक वर्षदेखि उकालो लाग्न नसकेको सेयर बजारमा तिहारलगत्तै उत्साह देखिएको हो। चाडपर्वको समयपछि चुनावी माहोलले छुँदा बजारमा हरियाली देखिँदै आएको हो। सेयर बिश्लेषक बिष्णु बस्याल अब चुनावले सेयर बजारमा राम्रै पैसा आउने देखिएकोले बजारमा लगातार वृद्धि देखिने बताउँछन्।

‘चुनावपछि बन्ने नयाँ सरकारको आकारसमेत देखिएकोले पनि बजार सकारात्मक भएको हुनसक्छ,’ बस्यालले भने। अहिले नै विगतको रेकर्ड ब्रेक गर्न नसकेपनि आउने वर्षसम्म नयाँ उचाइ सेयर बजारले लिने दाबी बस्यालको छ। सेयर बजारमा धेरै नीतिगत सुधार हुने चरणमा रहेकोले पनि उभारका दिन आउने दाबीसमेत बस्यालको छ। 

यो साता सोमबार १६.३९ अंकले बढेर १८७४.८७ बिन्दुमा पुगेको थियो। जहाँ ११० कम्पनीको सेयर मूल्य बढेको छ भने ६५ कम्पनीको मूल्यमा गिरावट आएको छ। लामो समयदेखि कारोबार रकममा देखिएको कमि भने अहिले पनि सुधार हुन सकेको छैन। सोमबार ६९ करोड ७३ लाख १७ हजार रुपैयाँको मात्र कारोबार भएको थियो। 

मंगलबार सेयर बजारमा आधा शतकभन्दा बढी अंकले बढेको थियो। मंगलबार कारोबार रकममा समेत भारी वृद्धि देखिएको थियो। मंगलबार ५६.११ अंकले बढेर १९३०.९९ बिन्दुमा पुगेको थियो। भने १ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको थियो। 

यसअघि कात्तिक ६ गते आइतबारको कारोबारमा १४.३५ अंकले बढेर बजार १८५८.४९ बिन्दुमा पुगेको थियो। जतिबेला उतारचढावपूर्ण स्थिति रहेकाले वृद्धितर्फ देखिएको थिएन। 

चाडपर्वको समयमा सेयर बजारमा सुधार हुने अपेक्षाविपरीत बजार निरन्तर उतारचढावपूर्ण यात्रामा रहेको थियो। प्रतिनिधिसभाको चुनाव पनि नजिकिँदै गर्दा लुकेर रहेको रकम पनि पुनः बैंकमा बढ्ने अनुमानले आगामी दिन बजार सकारात्मक हुनसक्ने आधारहरू तय भएको विश्लेषण भइरहेका छन्। 

पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्यासँगै सेयर बजारमा लगानीकर्ताले खर्बौं रुपैयाँ गुमाइसकेका छन्। यस्तोमा नियामक निकायले धेरै सुधारका कामहरू अगाडि बढाउने प्रयास भने गरेको छ। यसका कारण आगामी दिनमा सेयर बजार सकारात्मक हुने अनुमान गरिएको छ। त्यसमा चुनावी माहोलले मिल्ने साथ पनि अपेक्षा गरिएको छ।


प्रकाशित : बुधबार, कात्तिक १६ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend