शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

राजेन्द्र बजगाईको समन्वयमा उहियाका एक बिरामीको हेलिकप्टरबाट उद्धार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक १५ २०७९
राजेन्द्र बजगाईको समन्वयमा उहियाका एक बिरामीको हेलिकप्टरबाट उद्धार

काठमाडौं-गोरखाको धार्चे गाउँपालिका ३ उहियाका एक बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ। नाक र मुखबाट रगत बगेर बिरामी भएका ६३ वर्षिय पूर्णबहादुर घलेको अन्नपूर्ण हेलिकप्टर सर्भिस मार्फत मंगलवार उद्धार गरिएको उनका आफन्त श्रीलाल गुरुङले बताए। 

‘बिहानैदेखि हेलिकप्टर खोज्यौँ, हामीले मगाउन सकेनौँ’ उनले भने ‘गोरखा १ बाट प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र बजगाईलाई फोन ग¥यौँ, उहाँले हेलिकप्टर कम्पनी सँग समन्वय गरिदिनुभयो, अनि हेलिकप्टर आयो।’ हेलिकप्टर खोज्न नसकेपछि उहियाबाट पाँच घण्टा पैदल बिरामीलाई बोकेर खोर्लाबेसी ल्याइएको थियो । खोर्लाबेसी सम्म ल्याउँदा रगत बग्ने क्रम नरोकिएको र झनै बिरामी सिकिस्त हुन लागेपछि हेलिकप्टरका लागि हारगुहार गरिएको उनले बताए । 

उत्तरी गोरखाको धार्चे र चुमनुब्रीका सबै गाउँ सडक सञ्जालले जोडिएको छैन । दुर्गम भेगमा सुत्केरी, गर्भवती, गम्भिर घाईतेको उद्धारमा पर्यटन ब्यवशायी एवं समाजसेवी राजेन्द्र बजगाईले हेलिकप्टर छिटो खोजिदिने र सहज उद्धारमा सहयोग गर्दै  आएको स्थानीय बताउँछन्। ‘यस अघि पनि यहाँ हेलिकप्टर चाँहिदा हामीले मगाउन नसक्दा उहाँलाई फोन गर्ने गरेका थियौँ, उहाँको समन्वयमा उद्धार, उपचारमा सहज भएको छ’ श्रीलाल गुरुङले भने ।  

बजगाईले भने आफु चुनावी अभियानका क्रममा घरदैलोमा मतदाता भेट्ने क्रममा रहेको बताउँदै भने ‘त्यहाँका स्थानीयले सहयोग अपिल गरेकाले सामाजिक भावनाले पहिलेदेखि गरिआएको कामलाई निरन्तरता दिएको हुँ, उम्मेदवारको हिसाबले केही गरेको छैन, त्यो एउटा जिवन बचाउने मानविय काम मात्र हो।’


प्रकाशित : मंगलबार, कात्तिक १५ २०७९०५:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend