शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

घाटामै चलेका र लाभांश दिन नसक्ने हाइड्रोको सेयरमै किन झुम्मिए लगानीकर्ता? नियामकको यस्तो थियो १५ सुझाव

images
बुधबार, कात्तिक १६ २०७९
images
घाटामै चलेका र लाभांश दिन नसक्ने हाइड्रोको सेयरमै किन झुम्मिए लगानीकर्ता? नियामकको यस्तो थियो १५ सुझाव
images
images

काठमाडौं- विद्युत नियमन आयोगले लगानीकर्ताहरूलाई १५ सुझाव दिएको थियो। तर पनि हाइड्रोपावरको सेयर खरिदमा पटक-पटक लगानीकर्ता भने फस्ने गरेका छन्। लाभांश दिन नसक्ने तथा घाटामा रहेको कम्पनीका सेयरमा पुनः लगानीकर्ता झुम्मिएका छन्।

images
images
images

लाभांशका हिसाबले अहिले पनि वाणिज्य बैंककाे सेयरलाई लिने गरिन्छ। तर पनि वाणिज्य बैंकभन्दा साना कम्पनीकै सेयरमा लगानी कर्ता झुम्मिने र महंगाेमा खरिद गर्ने र पटक पटक फस्ने गरेका छन्। जुन कुरा नियमक निकायलेनै सचेत गराउँदै आएकाे छ। 

images
images

सोमबार बाणिज्य बैंकको सेयरमा झुम्मिएका लगानीकर्ता मंगलबार भने हाइड्रोतर्फ लागेका छन्। मंगलबार न्यादी हाइड्रो पावरको सेयर मूल्यमा सर्किट लागेको छ।

images
images

कम्पनीको प्रतिकित्ता २६ रुपैयाँ बढेर २८८.२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। त्यस्तै युनिभर्सल पावर कम्पनीको पनि प्रतिकित्ता १८ रुपैयाँ बढेर २१८ रुपैयाँ पुगेको छ। त्यस्तै गरी युनियन पावर, माउन्टेन हाइड्रो, दिव्यश्वरी हाइड्रो पावरको सेयर मूल्य बढेको छ। दोस्रो बजारमा ५६ वटा जलविद्युत कम्पनी सूचीकृत रहेका छन्। मंगलबार अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ। 

जलविद्युत कम्पनीहरूको दोस्रो बजारमा सेयर खरिद गर्दा लगानी कर्ता ठगिन थालेको भन्दै विद्युत नियमन आयोगले लगानी कर्ताहरूलाई १५ सुझाव दिदैँ आएको छ। तर पनि लगानीकर्ताहरु हाइड्रोकै सेयरमा झुम्मिने गरेका छन्। खासगरी साना र थोरै कित्ता कारोबार हुने भएकोले ठूला खेलाडीले सेयर बजारमा साना कम्पनी मार्फत चलखेल गर्ने गरेका छन्। सोही असर हाइड्रोको सेयरमा हुने गरेको छ। 

नियमन आयोगले दिएका १५ सुझाव 

१‍‍‍. कम्पनीको नेट वर्ष चुक्ता पुँजी भन्दा कम भएको र नभएको

२. सेयरको बजार मूल्य र प्रति शेयर आम्दानीको अनुपात कम भएको र नभएको 

३. चालु सम्पत्ति र चालु दायित्वको अनुपात धेरै भएकोरनभएको र तरलता अनुपात धेरै भएको र नभएको

४. विद्युत नियमन आयोग नेपालको विद्युत क्षेत्रको नियामक निकाय

५. निर्माणाधीन आयोजनाको हकमा कार्य प्रगति धेरै भएको नभएको

६. निर्माणाधीन आयोजनाको विद्युत प्रवाह गर्ने नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनको कार्य

७. प्रगति हेर्दा सो प्रसारण लाइन आयोजनाभन्दा ढिला सम्पन्न नहुने देखिएको नदेखिएको छ आयोजनाको कार्य प्रगतिको हिसाबले व्यापारिक उत्पादन गर्नु पर्ने मितिसम्म आयोजनाको

८. निर्माण हुनसक्ने नसक्ने

९. आयोजनाले बैंक तथा वित्तीय संस्थाको ऋणको किस्ता वा व्याज समयमा तिरिरहेको र नरहेको

१०. आयोजनाको संचित मुनाफा अधिक रहेको र नरहेको

११. विगतमा कम्पनीले उचित लाभांश वितरण गर्ने गरेको नगरेको र कम्पनीको व्यवस्थापनसँग विद्युत क्षेत्रको राम्रो अनुभव भएको र नभएको

१२. आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको र नगरिरहेको र कम्पनीको लेखा परिक्षण प्रतिवेदनमा लेखा परीक्षकको नोटमा लेखिएको बुँदाहरू

१३. आयोजनाको प्रति मेगाबाद लागत अन्य कम्पनीका आयोजनासँग तुलनीय रहेको र नरहेको

१४. ऋण तथा स्वपुँजीको अनुपात

१५. कम्पनीले लिएको ऋणको व्याज दर उच्च रहेको-नरहेको 


प्रकाशित : बुधबार, कात्तिक १६ २०७९०२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend