शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

के टाटाले किन्ला फोर्डको तामिलनाडू प्लान्ट?

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २२ २०७८
के टाटाले किन्ला फोर्डको तामिलनाडू प्लान्ट?

यो प्लान्टमा अमेरिकी कार उत्पादक फोर्ड मोटर्सले १ अर्ब अमेरिकी डलर लगानी गरेको थियो। 

काठमाडौं- फोर्ड मोटर्सको भारतको तामिलनाडूमा रहेको उत्पादन प्लान्ट किन्ने बारे टाटा ग्रुपले तामिलनाडू सरकारसँग छलफल गरेको छ।

यसबारे छलफल गर्न टाटा ग्रुपका अध्यक्ष एन चन्द्रशेखरनले तामिलनाडूका मुख्यमन्त्री एमके स्टालिनसँग छलफल गरेका थिए। 

टाटा ग्रुपले फोर्डको प्लान्ट किन्न दुई सातामा दुई उच्च छलफल गरिसकेको छ। सेप्टेम्बर २७ मा टाटा मोटर्सका कार्यकारी निर्देशक गिरिश वागले पनि मुख्यमन्त्रीलाई भेटेका थिए। 

टाटाले फोर्डको प्लान्ट पाउने नपाउने बारे अन्तिम निर्णय तामिलनाडूका मुख्यमन्त्रीले गर्नेछन्। यसका लागि केही समयलाग्ने द इकोनोमिक टाइम्सले लेखेको छ। 

फोर्डको तामिलनाडू प्लान्टले वार्षिक २ लाख कार र ३ लाख ४० हजार इन्जिन बनाउने क्षमता राख्छ। यो प्लान्टबाट फोर्डले इकोस्पोर्ट र इन्डेभर उत्पादन गर्दै आएको छ जुन ३० देशमा निर्यात हुन्छ। 

यो प्लान्टमा अमेरिकी कार उत्पादक फोर्ड मोटर्सले १ अर्ब अमेरिकी डलर लगानी गरेको थियो। 


प्रकाशित : शुक्रबार, असोज २२ २०७८०६:१३
  • सम्बन्धित विषय:

  • # Tata Ford
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend