शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एमालेले ल्यायो घोषणापत्र, पाँच वर्षमा सय खर्बको अर्थतन्त्र बनाउने लक्ष्य (पूर्णपाठ)

मंगलबार, कात्तिक १५ २०७९
एमालेले ल्यायो घोषणापत्र, पाँच वर्षमा सय खर्बको अर्थतन्त्र बनाउने लक्ष्य (पूर्णपाठ)

एमालेले आगामी पाँच वर्षमा नेपालको कूल गार्हस्थ उत्पादन एक सय खर्बको बनाउने घोषणा गरेको छ। 

काठमाडौं- नेकपा एमालेले मंसिर चार गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रको अनावरण गरेका छन्। एमालेले चुनाव जितेर आफ्नो सरकार बनेको अवस्थामा गर्ने काम र आउने परिणामको दाबीसहित चुनाबी घोषणापत्र ल्याएको छ। 

एमालेले आगामी पाँच वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन एक सय खर्बको बनाउने घोषणा गरेको छ। 

त्यस्तै एमालेले पाँच वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी २ हजार ४ सय अमेरिकी डलर, सामाजिक सुरक्षा भत्ता बढाउने, ६० वर्ष उमेर पार गरेका नागरिकलाई उच्च रक्तचाप र मधुमेहको औषधि, नि:शुल्क स्यानिटरी प्याड दिने  घोषणा गरेको छ। स्यानिटरी प्याडका लागि एमालेले वार्षिक १५ सय रुपैयाँ अनुदान दिने घोषणा पनि गरेको छ। 

किसानले गरेको उत्पादन सरकारले खरिद गर्ने, किसानलाई मल, बिउ र ऋणको व्यवस्था, उत्पादकत्व बढाउन उद्योगीलाई वित्तीय व्यवस्था, श्रमिकको तलब पाँच वर्षमा २५ हजार पुर्याउने, श्रमिकको उत्पादकत्व बढाउन सीप विकास गर्ने घोषणा एमालेले गरेको छ। 

आगामी पाँच वर्षमा रणनीतिक सडक तथा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने, २ वर्षभित्र नेपाललाई पूर्ण साक्षर बनाउने घोषणा एमालेले गरेको छ। 


प्रकाशित : मंगलबार, कात्तिक १५ २०७९०९:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend