शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

१ देखि १० कक्षासम्मका विद्यार्थीलाई नि:शुल्क इन्टरनेट दिने कांग्रेसको घोषणा 

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, कात्तिक १२ २०७९
१ देखि १० कक्षासम्मका विद्यार्थीलाई नि:शुल्क इन्टरनेट दिने कांग्रेसको घोषणा 

इन्टरनेटको  प्रयोगबाट नागरिकलाई सहज सेवा दिनका लागि कृषिदेखि व्यपारसम्म, शिक्षादेखि वित्तसम्मका क्षेत्रमा डिजिटाइजेसन गर्ने कांग्रेसले घोषणा गरेको छ। 

काठमाडौं- नेपाली कांग्रेसले मंसिरमा हुने निर्वाचन मार्फत् आफ्नो पार्टीको सरकार बनेमा विद्यार्थीलाई निश्चित इन्टरनेट नि:शुल्क दिने घोषणा गरेको छ। 

१ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीलाई निश्चिति इन्टरनेट नि:शुल्क दिने कांग्रेसले आज सार्वजनिक गरेको संकल्प पत्रमा उल्लेख गरिएको छ। 

माध्यामिक तहसम्मका सम्पूर्ण कक्षाको लागि उपयोगी हुने डिजिटल सिकाइका बहुविधागत प्लेटफर्मको निर्माण गरिने गरिने र यस्ता प्लेटफर्म चलाउनको लागि १ देखि १० कक्षासम्मका विद्यार्थीलाई मासिक निश्चित डेटा नि:शुल्क उपलब्ध गराउने कांग्रेसले घोषणा गरेको छ। 

बलियो आर्थिक आधारका लागि उच्च गुणस्तरीय प्रविधिको प्रयोग गर्ने लक्ष्य लिएको कांग्रेसले नेपाललाई नवीनतम प्रविधिमैत्री बनाउन वर्तमान दर्ता, कर, निर्यात, प्रतिलिपि अधिकार, साझेदारी र वैदेशिक लगानीको सीमा लगायतका नीतिगत प्रक्रियामा सहजीकरण गर्ने उल्लेख गरेको छ। 

सरकारी निकायमा गरिने प्रशासनिक तथा वित्तीय कारोवार, सम्पूर्ण कर प्रणाली र बैंकिंङ्ग प्रक्रियालाई विद्युतीय प्रणाली मार्फत् विस्तार गर्ने, देशका सम्पूर्ण भागमा राष्ट्रिय भुक्तानी प्रणाली पुऱ्याएर डिजिटल भुक्तानीलाई व्यवसायी तथा व्यक्तिको क्रेडिट इतिहाससँग जोडेर त्यसकै आधारमा वित्तीय संस्थाबाट ऋण उपलब्ध गराउने प्रणालीको विकास गरी नगद रहित वित्तीय कारोबार सहितको 'डिजिटल नेपाल' निर्माण गर्ने कांग्रेसले घोषणा गरेको छ। 

इन्टरनेटको  प्रयोगबाट नागरिकलाई सहज सेवा दिनका लागि कृषिदेखि व्यपारसम्म, शिक्षादेखि वित्तसम्मका क्षेत्रमा डिजिटाइजेसन गर्ने कांग्रेसले घोषणा गरेको छ। 

केन्द्रीय बैंक डिजिटल मुद्रा जारी गर्नका लागि नेपाल राष्ट्र बैंक मार्फत अध्ययन गराइ कार्यान्वयनमा ल्याउने, बचतदेखि ऋण परिचालनसम्मका काममा प्रविधिको उपयोग गर्ने जस्ता कार्यक्रम कांग्रेसले घोषणा गरेको छ। 

जन्म दर्तादेखि घरजग्गा नामसारीसम्मका सबै काम इन्टरनेटको माध्यमबाट हुने, प्रविधिको प्रयोग विस्तार गर्नका लागि साक्षरता अभियान चलाउने कांग्रेसले घोषणा गरेको छ। 

 

 


प्रकाशित : शनिबार, कात्तिक १२ २०७९०८:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend