बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

खाद्य, ऊर्जा र वित्तीय संकटको असर लगानीमा, विश्वव्यापी अन्तरदेशीय लगानी ३१ प्रतिशतले घट्यो 

images
सोमबार, कात्तिक १४ २०७९
images
खाद्य, ऊर्जा र वित्तीय संकटको असर लगानीमा, विश्वव्यापी अन्तरदेशीय लगानी ३१ प्रतिशतले घट्यो 

सन् २०१५ मा तय गरिएका दीगो विकास लक्ष्यपछि संसारमा जलवायु लगानीमा सकारात्मक लय देखिएको थियो। सन् २०२१ पछि यस्तो गति अझ तीव्र बनेको थियो। 

images
images

काठमाडौं- संसारभर देखिएको आर्थिक संकटको असर वैदेशिक लगानीमा देखिएको छ। संसारभरको अन्तरदेशीय लगानी सन् २०२२ को ६ महिनामै ३१ प्रतिशतले घटेको छ। 

images
images
images

सयुक्त राष्ट्र संघीय व्यापार तथा विकास सम्बन्धितको संस्थाको प्रतिवेदन अनुसार सन् २०२२ को छ महिनामा गत वर्षको यही अवधिको तुलनामा संसारभर ३१ प्रतिशतले वैदेशिक लगानी घटेको छ।  लगानी घट्नेक्रम दोस्रो त्रइमासमा तीव्र बनेको छ। प्तरिवेदन अनुसार पहिलो तीन महिनामा जम्मा ७ प्रतिशतले घटेकोमा बाँकी तीन महिनामा ३१ प्रतिशतले घटेको छ। 

images
images

संसारभर देखिएको खाद्य, ऊर्जा तथा वित्तीय संकटको असर लगानीकर्ताको मनोविज्ञानमा परेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ। युक्रेन युद्धपछि संसारभर बढेको मूल्यवृद्धि र त्यही कारणले बढाइएको ब्याजदरले लगानीलाई निरुत्साहित गरेको र यसले मन्दीको डर बढाएको उक्त प्रतिवेदनको निष्कर्ष छ। 

images
images

विदेशी लगानी घटेसँगै जलवायु परिवर्तनसँग लगानीको प्रतिवद्धतामा पनि गिरावट आएको छ। जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा हुने लगानी पनि स्वभावीक रुपमा गिरावट आएको छ। सन् २०२२ को तेस्रो त्राइमाससम्म जलवायु परिवर्तन न्यूनीकरणका लागि हुने लगानीका परियोजनाको संख्यामा ७ प्रतिशत र अनुकूलनमा हुने लगानीका परियोजनाको संख्यामा १२ प्रतिशतको गिरावट  देखिएको छ। 

सन् २०१५ मा तय गरिएका दीगो विकास लक्ष्यपछि संसारमा जलवायु लगानीमा सकारात्मक लय देखिएको थियो। सन् २०२१ पछि यस्तो गति अझ तीव्र बनेको थियो। तर अहिलेको संकटले फेरि लगानीको क्रम नकारात्मक लयमा गएको छ। 


प्रकाशित : सोमबार, कात्तिक १४ २०७९०४:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend