शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

दसैँ र तिहारले सकारात्मक नभएको सेयर बजार चुनाव र बजारको संरचनात्मक सुधारले के होला?

images
शनिबार, कात्तिक १२ २०७९
images
दसैँ र तिहारले सकारात्मक नभएको सेयर बजार चुनाव र बजारको संरचनात्मक सुधारले के होला?
images
images

काठमाडौं- तिहार सकिएसँगै अब छठपछि सोमबारदेखि सेयर कारोबार सुरु हुनेछ। लामो विदाको कारण गत आइतबार बन्द भएको सेयर बजार अब आगामी सोमबार मात्रै खुल्ने छ। दसैँमा नौ दिन विदा पछि सेयर कारोबार खुलेको थियो। तिहारमा सात दिन बन्द पछि सोमबारदेखि सेयर कारोबार खुल्नेछ।

images
images
images

गत साताको आइतबार अन्तिम कारोबार दिन नेप्से १८५८.९३ पुगेर बन्द भएको थियो। आइतबार नेप्से १४.३५ अंकले बढेको थियो। सो दिन ५१ करोड ६८ लाख रुपैयाँको कारोबार भएको थियो। नेप्से लगातार घट्ने क्रममा रहेकोले पछिल्ला दिनहरुमा कारोबार अर्ब नाघ्न मुश्किल पर्ने अवस्थामा छ। नेप्सेमा कूल बजार पुँजीकरण २६ खर्ब ७३ अर्ब २० करोड ८५ लाख रुपैयाँ छ। गत वर्ष उत्कर्षमा पुगेको बेला कूल बजार पुँजीकरण ४१ खर्बसम्म पुगेको थियो।

images
images

बढ्दो ब्याजदर  सेयर बजारमा लगानीकर्ताले खर्बौ रुपैयाँ गुमाइसकेका छन्। तर मंसिर ४ गते चुनावमा प्रतिनिधिसभाको चुनाव हुँदैछ। यता नियमक निकायले धेरै सुधारका कामहरु अगाडि बढाएको छ। यसका कारण आगामी दिनमा सेयर बजार सकारात्मक हुने अनुमान गरिएको छ। 

images
images

नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ आवेदनमध्ये ११ वटा बैंकले ब्रोकरका लागि आवेदन दिएका छन्। योसँगै १५ वर्षदेखि बैंकहरूले सुरु गर्न लागेको ब्रोकरको काम गर्न पाउने भएका छन्।  नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीको आवेदन परेको छ। ३० दिनको समयमा ४५ कम्पनीले आवेदन दिएका हुन्। 

नेपाल धितोपत्र बोर्डले असोज २ गतेदेखि आवेदन माग गरेको थियो। जसमा आवेदन दिने आज असोज ३१ गतेसम्म समय तोकिएको थियो। बोर्डले ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजारका लागि आवेदन खुला गरेको थियो। बोर्डले धितोपत्र दलाल सेवा कम्पनीको चुक्ता पुँजी १५ करोड पुर्‍याएको छ। यस्तै, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको ५० करोड र धितोपत्र व्यापारीका लागि एक अर्ब रुपैयाँ पुर्‍याएको छ। 

आवेदन परिसकेपछि बोर्डले रीतपूर्वक आवेदन परे(नपरेको जाँचबुझ गरी नियमावलीअनुसार म्याद सकिएको मितिले ३५ दिनभित्र योग्य कम्पनीको छनोट गरी निर्णय लिनेछ। ब्रोकर लाइसेन्ससँगै सूचना आह्वान भएको नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजारमा भने हालसम्म पनि कुनै पनि आवेदन परेको छैन। दुवैमा आवेदन दिन बोर्डले ४५ दिनको समय छुट्याएको छ। यी दुवैको आवेदन दिने समय कात्तिक १५ सम्म रहेको छ। बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्नका लागि दुईवटा लाइसेन्स वितरण गर्ने भएको छ। 

नेपाल धितोपत्र बोर्डले एकैपटक स्टक एक्सचेञ्ज, कमोडिटी एक्सचेञ्ज र धितोपत्र दलाल लाइसेन्स खुलाएको थियो। सरकारले विनियमावली पारित गरेसँगै आवेदन माग गरिएको थियो। यसैगरी बोर्डले सेयर बोक्रर कम्पनी पनि थप्ने गरी आवेदन मागेको थियो। यसका लागि आवेदन दिन ३० दिनको समय दिइएको छ।

डिलर सहितको ब्रोकर कम्पनीको लाइसेन्स माग्ने नबिल बैंक एक्लो आवेदनकर्ता बनेको छ। नबिल बैंकको एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी भएको सहायक कम्पनी नबिल सेक्युटिजले आवेदन गरेसँगै नबिल डिलर सहितको लाइसेन्सकोलागि आवेदन दिएको छ। 

यसै गरी ६० करोड रुपैयाँ पुँजी सहितको ब्रोकर कम्पनीको लागि आवेदन गर्ने कम्पनी तीनवटा भएका छन्। मेगा स्टक मार्केट,सेन्चुरी बैंक र हिमालयन ब्रोकरेजले ६० करोड चुक्ता पुँजीको ब्रोकर कम्पनीको लागि आवेदन दिएको नेप्सेले जनाएको छ। बाँकी सबैले २० करोड रुपैयाँ चुक्ता पुँजी रहने कमिसन ब्रोकरको लागि आवेदन दिएका छन्।


प्रकाशित : शनिबार, कात्तिक १२ २०७९०५:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend