शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

डलरको तुलनामा युरो मजबुत

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ११ २०७९
images
डलरको तुलनामा युरो मजबुत

युरोको भने खरिद मूल्य एक सय ३२ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री मूल्य एक सय ३२ रुपैयाँ ७८ रहेको छ । यस आधारमा अमेरिकी डलरभन्दा झिनोरुपमा युरो अगाडि रहेको छ । 

images
images

काठमाडौं- लगातार उकालो लाग्दै आएको अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपेली देशको साझा मुद्रा युरो भने केही मजबुत देखिएको छ । 
नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिद मूल्य एक सय ३१ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै बिक्री मूल्य एक सय ३२ रुपेयाँ २९ पैसा रहेको छ ।

images
images
images

युरोको भने खरिद मूल्य एक सय ३२ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री मूल्य एक सय ३२ रुपैयाँ ७८ रहेको छ । यस आधारमा अमेरिकी डलरभन्दा झिनोरुपमा युरो अगाडि रहेको छ । 

images
images

बिहीबार पनि अमेरिकी डलरको तुलनामा युरो नै मजबुत देखिएको थियो । पछिल्ला दिनमा लगातार अमेरिकी डलरको मूल्यमा देखिएको वृद्धिले घरेलु अर्थतन्त्रमा दबाव परेको थियो । आयातमा केन्द्रित रहेको अर्थतन्त्रमा डलरको मूल्य बढ्दा नकारात्मक प्रभाव देखिएको छ । 

images
images

विप्रेषणलगायत केही क्षेत्रमा सकारात्मक प्रभाव पर्ने भए पनि अधिकांश माल वस्तु आयात हुने देशमा त्यसले नकारात्मक असर पर्ने अर्थतन्त्रका जानकारको भनाइ छ । रासस

 


प्रकाशित : शुक्रबार, कात्तिक ११ २०७९१०:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend