शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अमेरिकी राजदूतले गरे जिप र्‍याङलर लन्च

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २२ २०७८
अमेरिकी राजदूतले गरे जिप र्‍याङलर लन्च

बिहीबार नक्सालमा रहेको जिपको सोरुममा र्‍याङलर सार्वजनिक कार्यक्रम राजदूत सहित एमएडब्लू इन्तरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाललगायत सहभागी थिए। 

काठमाडौं- अमेरिकी आइकोनिक ब्रान्ड जिपको र्‍याङलर नेपालमा औपचारिक रुपमा सार्वजनिक भएको छ। र्‍याङलरको औपचारिक लन्च नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सार्वजनिक हुन्। 

jeep 2.jpg

बिहीबार नक्सालमा रहेको जिपको सोरुममा र्‍याङलर सार्वजनिक कार्यक्रम राजदूत सहित एमएडब्लू इन्तरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाललगायत सहभागी थिए। 

jeep 3.jpg

जिप नेपाली बजारमा एमएडब्लू लाइफ अटोमोबाइल्सले बिक्री गर्दै आएको छ। एमएडब्लू लाइफले जिपको र्‍याङलर बिगत दुई वर्षदेखि बिक्री गर्दै आएको छ। कम्पनीले डढे दर्जनभन्दा बढी र्‍याङलर बिक्री गरिसकेको दाबी गरेको छ। 

जिप र्‍याङलर सार्वजनिक बारे एमएडब्लूले केही नबताएका भएपनि अमेरिकी दुतावासकाे फेसबुपेजमा फाेटाे सहित यस्ताे जानकारी गराएकाे हाे।

नेपाली बजारमा जिप र्‍याङलरकाे मूल्य करिब २ कराेड ५० लाख रुपैयाँ रहेकाे छ। जिप र्‍याङलर विषेश गरि अफराेड यात्राका लागि चर्चित मानिन्छ। यसकाे ग्राउन्ड क्लियरेन्स २ सय १७ एमएम रहेकाे छ। 


प्रकाशित : शुक्रबार, असोज २२ २०७८०५:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend