मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

गुण्डुका किसानले बेचे तीन करोडको फूल र माला

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक ७ २०७९
images
गुण्डुका किसानले बेचे तीन करोडको फूल र माला

गुण्डुका किसानहरुले प्रत्येक वर्षको फागुनमा नर्सरी राखेर चैतको अन्तिममा मकै र भट्माससँगै मखमली फूलको रोप्दै आएका छन्।

images
images

भक्तपुर- फूलखेतीका लागि प्रसिद्ध भक्तपुर सूर्यविनायक-७ गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी तीन करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्।

images
images
images

यहाँका किसानले व्यावसायीक रुपमा पाँच रोपनी क्षेत्रफलसम्म फूल खेती गरिरहेका छन्। प्रत्येक किसानले वार्षिक रुपमा न्यूनतम पाँच सयदेखि १० हजार वटासम्म माला बिक्री गर्दै आएका छन्। वडा अध्यक्ष रबीन्द्र सापकोटाले तिहारअघि मात्रै तीन करोड रुपैयाँ बराबरको माला बिक्री भइसकेको जानकारी दिए।

images
images

गतवर्ष मात्रै तीन हजार माला बिक्री गरेकी पार्वती नगरकोटीले यसवर्ष भने पाँच हजार माला बिक्री गर्ने बताइन्। नगरकोटीले एक रोपनीमा फूलखेती गरिरहेकी छिन्। किसानले माला प्रतिगोटा २५ देखि ३५ रुपैयाँमा बिक्री गर्छन्। 

images
images

अर्का किसान पवित्रा बस्नेतले यसवर्ष पनि फूल र मालाको माग गत वर्षको तुलनामा धेरै भएको बताइन्। एक रोपनी जग्गामा फूलखेती गरेकी उनी यसवर्ष करिब १२ सय वटासम्म माला बिक्री गर्ने योजनामा छिन्।

गुण्डुका किसानहरुले प्रत्येक वर्षको फागुनमा नर्सरी राखेर चैतको अन्तिममा मकै र भट्माससँगै मखमली फूलको रोप्दै आएका छन्। 'मकै र भट्माससँगै चैतको अन्तिममा लगाएको फूल साउनको पहिलो साताबाट टिप्न शुरु हुन्छ', किसान मेनुका नगरकोटीले भनिन्। 

स्थानीय बासिन्दाले मात्रै नभई जग्गा भाडामा लिएर फूलखेती गर्नेहरु पनि थपिएपछि यहाँ फूल उत्पादन बढेको छ। सूर्यविनायक नगरपालिकाले वडा कार्यालयमार्फत् यहाँका फूलखेती गर्ने किसानलाई यसवर्ष ६० हजार फूलको बेर्ना वितरण गरेपछि सयपत्री फूलतर्फ पनि यहाँका बासिन्दा आकर्षित भएका हुन्।

चाँगुनारायण नगरपालिका-९ ताथलीका वनमाला टोलका बासिन्दालाई पनि माला गाँस्न र बजारमा लैजान भ्याइनभ्याइ छ। फूल खेतीको पुर्ख्यौली पेशा अङ्गालेका किसान श्याम बनमालाले फूलखेतीबाट चित्त बुझ्दो कमाइ भइरहेको बताए। 

विगत १० वर्षदेखि मखमली फूलको खेती गर्दै आएकी स्थानीय शोभा बालाले यहाँ दुईआना जग्गामा फूल खेती गर्नेले पनि एउटा मौसममा ३० हजार कमाउने गरेको बताउँछन्। राम्रोसँग फूल खेती गर्न सके एक रोपनी जग्गामा रु ७० हजारदेखि एक लाखसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, कात्तिक ७ २०७९०५:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend