शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

निफ्राको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति?

images
सोमबार, कात्तिक ७ २०७९
images
निफ्राको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति?
images
images

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड अर्थात निफ्राको खुद नाफा बढेको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा ५६.४६ प्रतिशत बढेर ३७ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

images
images
images

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५८.६१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २९६.८८ प्रतिशत, कुल सञ्चालन आम्दानी ५९.४२ प्रतिशत र सञ्चालन नाफा ५६.४६ प्रतिशत बढेको छ।

images
images

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा २९ करोड ८५ लाख रुपैयाँ रहेको छ।

images
images

नाफा बढेसँगै बैंकको ईपीएस अर्थात प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ १७ पैसा बढेर ७ रुपैयाँ १ पैसा पुगेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष २०.११ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निक्षेप ३२.६९ प्रतिशत र कर्जा २६१.६३ प्रतिशत बढेको छ।


प्रकाशित : सोमबार, कात्तिक ७ २०७९०३:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend