मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

सिन्धुपाल्चोकका मतदाता भन्छन्, ‘विकास गर्नेलाई भोट दिन्छौँ’

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक ६ २०७९
images
सिन्धुपाल्चोकका मतदाता भन्छन्, ‘विकास गर्नेलाई भोट दिन्छौँ’

साँगाचोकको फेदीमा पर्ने जामुने, भिमटार, एक्लेबेँसी र महादेवटारमा गरी दुई सय नौ माझी परिवारको बसोबास छ।

images
images

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको भिमटारका ७५ वर्षीय काले माझी यसपटक विकास गर्नेलाई भोट दिने सोचमा छन्। विगतमा अनेकन आश्वासन दिएका उम्मेदवारलाई भोट दिएको उनले स्मरण गरे 

images
images
images

चुनावी रमझमले छोई नसकेको माझी बस्तीमा सिँचाइ सबैभन्दा प्रमुख आवश्यकता देखिएको छ। 'जसले सिँचाइको व्यवस्था गर्छ, उसैलाई भोट हाल्छौँ,' माझीले भने। हालसम्म १२ पटक भोट हालिसकेका उनी गाउँको विकास गर्ने उम्मेदवार नपाउँदा आफूहरुले दुःख पाएको बताउँछन्। छिमेकी टोल हराभरा हुँदा इन्द्रावती नदी किनारको माझी बस्ती भने उजाड छ। 

images
images

'यसपाली सबैले सामूहिक रुपमा भोट हाल्ने सल्लाह भएको छ', ५० वर्षीय तेजबहादुर माझी भन्छन्, 'छोरानातिका लागि विकास आवश्यक छ।'

images
images

साँगाचोकको फेदीमा पर्ने जामुने, भिमटार, एक्लेबेँसी र महादेवटारमा गरी दुई सय नौ माझी परिवारको बसोबास छ। चेतना अभावका कारण विगतमा खानपानकै आधारमा भोट दिनेसमेत गरेको शिक्षक गणेश माझी बताउँछन्। अब स्थानीयले मताधिकारबारे बुझ्न थालेकाले पैसा र भोज खाएका आधारमा भोट हाल्ने चलन हट्ने उनको विश्वास छ। रासस


प्रकाशित : आइतबार, कात्तिक ६ २०७९११:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend