शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

त्रिशूलीको सेयरका लागि ७८ हजारको आवेदन

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक ६ २०७९
images
त्रिशूलीको सेयरका लागि ७८ हजारको आवेदन
images
images

काठमाडौं- त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई बिक्री गरेको सेयरबापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजार सेयरधनीले आवेदन दिएका छन्। कम्पनीले सेयरबापतको रकम बुझाउन गत असोज ४ गतेदेखि आवेदन माग गरेको थियो।

images
images
images

कम्पनीको सेयर बाँडफाँटमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण सेयरधनीमध्ये झण्डै ७८ हजारले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाएका छन्। यसबाट १६ करोड १० लाख रुपैयाँ सङ्कलन भएको छ।

images
images

साविकका सर्वसाधारण सेयरधनीबाट अङ्कित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँका दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ सङ्कलन गरिनेछ। यही कात्तिक १७ गतेसम्म आवेदन दिने अन्तिम दिन हो। कम्पनीका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले अन्तिमअगावै आवेदन दिन सेयर धनीलाई आग्रह गरे।

images
images

‘जनताको जलविद्युत्’ कार्यक्रमअन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएकोसमेत) सेयर निष्काशन गरी प्रतिसेयर एक सय रुपैयाँ अङ्कित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र सङ्कलन गरेको थियो।

कम्पनीको सेयर बाँडफाँटमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनुपर्नेछ। रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक आठ प्रतिशत व्याज दिनुपर्ने प्रावधानबमोजिम सेयरधनीले प्रतिकित्त तीन रुपैयाँ व्याज प्राप्त गर्ने हुँदा हाल प्रतिकित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुनेछ।

आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत सेयरधनीले रकम बुझाउन/आवेदन दिन सक्नेछन्। सेयरधनीले यसरी रकम भुक्तानी गर्दा आश्वा शुल्कसमेत तिर्नुपर्ने छैन। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
 
कम्पनीले रसुवा र नुवाकोटमा ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। कम्पनीमा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ।

कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत सेयर रहनेछ।

आयोजनाको कूल अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक सात अर्ब ४४ करोड ५६ लाख ४८ हजार रहेको छ। निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कूल लागत आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार पुग्ने अनुमान गरिएको। निर्माण अवधिको ब्याजबाहेकको आयोजनाको अनुमानित निर्माण लागत सात अर्ब ४४ करोड मध्ये ३० प्रतिशत स्वपुँजी (दुई अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (पाँच अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक ६ २०७९०८:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend