मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

सानिमा बैंकको लाभांश घोषण, नगद र बोनस सेयर कति?

images
आइतबार, कात्तिक ६ २०७९
images
images
सानिमा बैंकको लाभांश घोषण, नगद र बोनस सेयर कति?

बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ। 

images
images

काठमाडौं-सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। 

images
images

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.९८ प्रतिशत नगद लाभांश गरि कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ। 

images
images

हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ३२ करोड रहेको छ। बैंकले १० प्रतिशतले हुन आउने १ अर्ब १३ करोड २७ लाख बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.९८ प्रतिशतले हुन आउने ११ करोड १० लाख ८ हजार रुपैयाँ बराबरको नगद लाभांश गर्ने प्रस्ताव गरेको हो। बैंकले कुल १ अर्ब २४ करोड ३७ लाख ४६ हजार रुपैयाँ बराबरको लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।

images
images
images


प्रकाशित : आइतबार, कात्तिक ६ २०७९०५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend