मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

रोकिएन विदेशी मुद्रा सञ्चिति घट्नेक्रम, शोधनान्तर घाटाको विस्तार साँघुरियो 

२ महिनामा १ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो

images
शुक्रबार, कात्तिक ४ २०७९
images
images
रोकिएन विदेशी मुद्रा सञ्चिति घट्नेक्रम, शोधनान्तर घाटाको विस्तार साँघुरियो 

भदौमा मूल्यवृद्धि ८.६४ प्रतिशत वर्षको छ। वार्षिक बिन्दुगत आधारमा भदौको मूल्यवृद्धि निरन्तर उकालो लागिरहेको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो महिनामामा पनि विदेशी मुद्राको सञ्चिति घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु वर्षको दुई महिनासम्म पुग्दा कूल विदेशी मुद्राको सञ्चिति ९ अर्ब ३५ करोड अमेरिकी डलरमा सीमित भएको छ। यो साउनको तुलनामा ७ करोड न्यून हो। 

images
images

गएको बैशाखदेखि आयात प्रतिबन्ध लगाएको सरकारले डलर सञ्चिति जोगाउन सफल भएको छैन। आयात घटेर रेमिट्यान्स वृद्धि हुँदासमेत विदेशी मुद्राको सञ्चिति घट्नेक्रम अझै रोकिएको छैन। 

images
images

अहिलेको विदेशी मुद्राले ७.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्छ। गएको दुई महिनाको आयातको अनुपातमै आयात भएमा आगामी ७.७ महिनासम्म आयात धान्नका लागि अहिलेको डलर पर्याप्त हुन्छ। आयात घट्दै जाँदा पर्याप्तता महिना पनि बढ्दै जान्छ। 

images
images
images

चालु वर्षको दुई महिनामा अन्तर्राष्ट्रिय व्यापार घटेको छ। आयात तथा निर्यात र व्यापार घटा घटेको छ। तर यही अवधिमा रेमिट्यान्स भने बढेको छ। राष्ट्र बैंकका अनुसार चालु वर्षको दुई महिनामा १ खर्ब ८७ अर्ब ४ करोड रेमिट्यान्स भित्रिएको छ।  गत वर्षको २ महिनामा रेमिट्यान्स ५ प्रतिशतले घटेको थियो। गत वर्ष घटेको कमजोर आधार तथा पछिललो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा  बृद्धि भएकाले रेमिट्यान्स बढेको राष्ट्र बैंकको विश्लेषण छ। 

दुई महिनामा चालु खाता घाटा ३७ अर्ब १८ करोड पुगेको छ। अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा सुधार देखिएको छ। गत वर्ष चालु खाता घाटा १ खर्ब ६ अर्ब पुगेको थियो। चालु खातासँगै शोधनान्तरमा गत वर्षको तुलनामा सुधार भएको छ। गत वर्षको २ महिनामा ९४ अर्बले घाटामा गएको शोधनान्तर यो वर्ष २३ अर्बमा सीमित भएको छ। 

भदौमा मूल्यवृद्धि ८.६४ प्रतिशत वर्षको छ। वार्षिक बिन्दुगत आधारमा भदौको मूल्यवृद्धि निरन्तर उकालो लागिरहेको छ। 

समग्रमा रेमिट्यान्समा वृद्धि तथा आयातमा कमी आएकाले अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख रहेको राष्ट्र बैंकको विश्लेषण छ। 

 


प्रकाशित : शुक्रबार, कात्तिक ४ २०७९०६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend