मंगलबार, जेठ ८ गते २०८१    
images
images

‘अब उद्योग चलाउन विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ’

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २८ २०८१
images
images
‘अब उद्योग चलाउन विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ’

जनशक्तिको परिचालन गर्न सक्नु अहिलेको आवश्यकता भएको बताउँदै नागरिकलाई दक्ष, सबल र सक्षम बनाउनतर्फ ध्यान दिनुपर्ने धारणा।

images
images

इटहरी- अहिलेका विश्वविद्यालयले बजारमा खपत हुने जनशक्ति उत्पादन गर्न नसकेको काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले बताएका छन्। 

images
images
images

उद्योग संगठन मोरङको ह्युमन रिसोर्स समिटको प्रमुख वक्ताको रूपमा रहेका काठमाडौं विश्वविद्यालयका उपकुलपति थापाले प्रविधिको यो समयमा उद्योग चलाउन विश्वविद्यालयले प्रविधिमैत्री जनशक्ति उत्पादन गर्नुपर्ने बताए।

images

उनले भने, ‘विराटनगर उद्योगको क्षेत्र भएकाले यहाँ खपत हुने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने अवस्था छ। नजिकै भारतबाट आएका नागरिकले हाम्रा उद्योग चलेका छन्। अब भारतले रोजगारी र मिसन २०४७ को अवधारणा अगाडी बढाइरहेको छ। यसले हाम्रोमा काम गर्न आउने कामदार विस्तारै घट्दै जाने देखाउँछ। यो खतराको संकेत हो। त्यसको लागि हामीले मेहनत गरेर नयाँ प्रविधिसँग सुहाउँदो जनशक्ति तयार पार्नुपर्‍यो।’

images
images

जनशक्तिको परिचालन गर्न सक्नु अहिलेको आवश्यकता भएको बताउँदै उनले नागरिकलाई दक्ष, सबल र सक्षम बनाउनतर्फ ध्यान दिनुपर्ने धारणा राखे। त्यसको लागि विश्वविद्यालयले समेत आफ्नो कोर्स करेक्सन गर्नुपर्ने उनको भनाइ छ। 

images
images

अर्का वक्ता पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजुकुमार थपलियाले मानव संशाधनको विकाशमा लगानी गर्नुपर्ने धारणा राखे। उद्योग संगठन मोरङले गरेका यस्ता कार्यक्रमबाट उद्योगी र प्राज्ञिक क्षेत्र दुवैलाई फाइदा पुग्ने उनले बताए। जनशक्तिको सृजनामा पूर्वाञ्चल विश्वविद्यालय नयाँ योजनाको लागि तयार भएको उनको भनाइ छ। 

शुक्रबार नेपालीरिका होटेलमा सुरु भएको कार्यक्रम दुई दिनसम्म चल्ने छ। भारतका विभिन्न कम्पनीका एचआर म्यानेजरदेखि मोटिभेसनल स्पिकरसहितको समिटमा स्थानीय उद्योगी व्यवसायीको समेत उपस्थिति रहेको छ। 

उद्घाटन सत्रमा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले उद्योगमा आवश्यक जनशक्ति तयार पार्न निजी क्षेत्रले योगदान दिनुपर्ने धारणा राखे।

विभिन्न तालिम केन्द्र तथा विश्वविद्यालयको समन्वयमा नयाँ जमाना सुहाउँदो जनशक्ति तयार पार्नुपर्ने उनको भनाइ छ। उद्योगलाई नयाँ प्रविधिसँग जोड्न आवश्यक रहेको भन्दै उनले समयाखनुसार सोच र शैली परिवर्तन गर्नुपर्ने प्रष्ट पारे।   


प्रकाशित : शुक्रबार, वैशाख २८ २०८१०६:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend