सोमबार, जेठ ७ गते २०८१    
images
images

नेपाल टेलिकमले पायो ५ वर्षका लागि लाइसेन्स, २१ करोड दस्तुर

images
शुक्रबार, वैशाख २८ २०८१
images
images
नेपाल टेलिकमले पायो ५ वर्षका लागि लाइसेन्स, २१ करोड दस्तुर

फ्रिक्वेन्सीको दस्तुर भने अहिलेको प्रचलित दरअनुसार हुने प्राधिकरणले जनाएको छ।

images
images

काठमाडौं- नेपाल टेलिकमले पाँच वर्षका लागि लाइसेन्स पाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी स्वामित्वको कम्पनीलाई आजै लाइसेन्स दिने निर्णय गरेको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए। 

images
images
images

मन्त्रिपरिषदको निर्णयअनुसार प्राधिकरणले टेलिकमलाई मोबाइल सेवाको लाइसेन्स पाँच वर्षका लागि दिने निर्णय गरेको हो। मन्त्रिपरिषदले बिहीबारमात्र नयाँ लाइसेन्सको निर्णय गर्ने अधिकार प्राधिकरणलाई दिएको थियो। 

images

दूरसञ्चार ऐनको व्यवस्थाअनुसार २०५६ सालमा लिएको लाइसेन्सको अवधि आज सकिँदैछ। भोलिदेखि लागु हुनेगरी प्राधिकरणले टेलिकमलाई नयाँ लाइसेन्स दिएको हो। 

images
images

दूरसञ्चार सेवाको लाइसेन्स बढीमा २५ वर्षको हुने तर पहिलोपटक १० वर्षसम्मका लागि दिन सकिने व्यवस्था रहेको छ। यही व्यवस्था टेकेर सरकारले पाँच वर्षका लागि दिनेगरी निर्णय गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो। 

images
images

नयाँ ऐन बनाएपछि सोहीअनुसार हुनेगरी लाइसेन्सको व्यवस्था गर्ने सुरुवाति तयारी भएपनि तत्काल ऐन बन्न कठिन हुने भन्दै पाँच वर्षका लागि टेलिकमलाई लाइसेन्स दिइएको हो। 

फ्रिक्वेन्सीको दस्तुर भने अहिलेको प्रचलित दरअनुसार हुने प्राधिकरणले जनाएको छ। 


प्रकाशित : शुक्रबार, वैशाख २८ २०८१०६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend