मंगलबार, जेठ ८ गते २०८१    
images
images

नेपालमा पहिलोपटक केबलकार सञ्चालन गर्ने लक्ष्मणबाबु श्रेष्ठको जीवनी प्रकाशित

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २८ २०८१
images
images
नेपालमा पहिलोपटक केबलकार सञ्चालन गर्ने लक्ष्मणबाबु श्रेष्ठको जीवनी प्रकाशित

मनकामना मन्दिरलाई लोकप्रिय बनाउने केबलकारको स्थापनासँगै विभिन्न उद्यम व्यवसायमा हात हालेका श्रेष्ठको जीवनका विभिन्न पाटोलाई पुस्तकमा समेटिएको छ।

images
images

काठमाडौं-  नेपालमा पहिलोपटक केबलकार स्थापना गर्ने उद्यमी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको जीवनी प्रकाशित भएको छ। 

images
images
images

लक्ष्णमबाबु श्रेष्ठ ट्रष्टले प्रकाशन गरेको यो पुस्तक नेपालका प्रख्यात कुटनीतिज्ञ प्राडा जयराज आचार्यले लेखेका हुन्। पुस्तकको लेखन तथा अनुसन्धानमा आचार्यसँगै विवेक गौतम पनि रहेका छन्। 

images

मनकामना मन्दिरलाई लोकप्रिय बनाउने केबलकारको स्थापनासँगै विभिन्न उद्यम व्यवसायमा हात हालेका श्रेष्ठको जीवनका विभिन्न पाटोलाई पुस्तकमा समेटिएको छ। 

images
images

इमानदार र मेहनती भएका कारणले गर्दा आफूले यो किताब लेखेको आचार्यले बताए। ‘मैले संस्कृत र अंग्रेजीबाहेक अन्यत्र किताब लेखेको छैन। यदुनाथ खनाल र यो किताब’ उनले भने। 

images
images

किताबमा लक्ष्मणबाबु श्रेष्ठको जीवनाका आरोह अवरोह, उनले गरेका प्रयास सबै उतार्न खोजिएको अर्का लेखक गौतमले बताए। 

२२५ पेजको पुस्तकमा सन्दर्भ त्यसअनुरुपका तस्बिर र पारिवारिक संस्मरणहरू पनि उल्लेख गरिएका छन्। 

यो किताब किताब यात्रा डटकमबाट अर्डर गर्न सकिने प्रकाशकले जानकारी दिएका छन्।


प्रकाशित : शुक्रबार, वैशाख २८ २०८१०४:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend