सोमबार, जेठ ७ गते २०८१    
images
images

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २७ २०८१
images
images
जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय

ललितपुर महानगरले एक वडा एक सार्वजनिक शौचालयको नीतिअनुसार हाल महानगरका वडा नं ८, ९, २, १०, २४, २५ र २७ मा शौचालय निर्माणका काम भइरहेका छन्।

images
images

ललितपुर- ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ। 

images
images
images

महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आज बिहीबार एक समारोहका बीच शौचालयको शुभारम्भ गरे। त्यसअवसरमा उनले ललितपुर महानगरभित्रका शौचालयहरू सफा र आपङगतामैत्री बनाउँदै लगेको बताए।

images

'शौचालय भन्नेबित्तिकै फोहर र गन्हाउँछ भन्ने आमधारणा छ। त्यो धारण बदल्न महानगरले शौचालय सुधारमा जोडदिएको छ। शौचालयको सहजरूपमा प्रयोग गर्नेगरी सफासुग्घर राख्ने हाम्रो योजना छ। सोहीअनुसार हाल शौचालय निर्माण भइरहेका छन्', उनले भने।

images
images

असल अभ्यासहरु अवलोकन गर्ने क्रममा करिब डेढ वर्षअघि बङ्गलादेश पुग्दा शौचालय पनि त्यति धेरै सफा र राम्रा हुँदा रहेछन् भन्ने थाहा पाएपछि महानगरका सबै वडामा त्यस्तै सुविधासम्पन्न शौचालय बनाउने गरी योजना अगाडि बढाएको उनको भनाइ छ।

images
images

महानगरपालिकाले लगनखेलमा पनि जावलाखेल, मङ्गलबजार र पाटनढोकामा जस्तै अत्याधुनिक शौचालय बनाउने तयारी गरिरहेको छ। लगनखेलनमा अत्याधुनिक शौचालय निर्माणका लागि डिपिआर भइरहेको नगरप्रमुख महर्जनले जानकारी दिए।

महानगर वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले जनघनत्वको अत्याधिक चापभएका ठाउँमा सार्वजनिक शौचालय निर्माण हुँदा धेरै नागरिकहरू लाभान्वित हुने बताए। उनले भने, 'हाम्रो वडामा सदर चिडियाखाना छ। यहाँ भ्रमणमा आउनेहरूका लागि शौचालयको धेरै समस्या पर्नेगरेको छ। त्यसैलाई मध्यनजरगरी सञ्चालनमा ल्याइएको यो सार्वजनिक शौचालयले थोरै भए पनि समस्या गर्न सघाउपुग्ने छ।'

कार्यक्रममा सामाजिक संस्था एरोशानका अध्यक्ष सोनी श्रेष्ठले शौचालय निर्माण र शुभारम्भले मात्रै नहुने भन्दै त्यसको दीर्घकालीन व्यवस्थानमा ध्यानदिनुपर्ने बताइन्।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वाटर एडका राष्ट्रिय निर्देशक सुदर्शन न्यौपानले खानेपानी, सरसफाइ र स्वच्छतालाई संस्थाले प्राथमिकतामा राखेर काम गरिरहेको र शौचालयको दिगो व्यवस्थापनका लागि सहकार्य गर्न तयार रहेको बताए। 

ललितपुर महानगरले एक वडा एक सार्वजनिक शौचालयको नीतिअनुसार हाल महानगरका वडा नं ८, ९, २, १०, २४, २५ र २७ मा शौचालय निर्माणका काम भइरहेका छन्। रासस


प्रकाशित : बिहीबार , वैशाख २७ २०८१०६:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend