सोमबार, जेठ ७ गते २०८१    
images
images

सुनको मूल्यमा रेकर्ड, कति पुग्यो तोलाको?

images
बिहीबार , चैत १५ २०८०
images
images
सुनको मूल्यमा रेकर्ड, कति पुग्यो तोलाको?

बिहीबार सुनको मूल्य ११ सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले वृद्धि भएको छ।

images
images

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ सय रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुगेको छ। 

images
images
images

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २७ हजार ९ सय रूपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २७ हजार ३ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images

बुधबार सुन प्रतितोला एक लाख २६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

images
images

यसअघि अघिल्लो साता चैत ८ मा सुन हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। सो दिन सुन प्रतितोला एक लाख २७ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।  

images
images

बुधबार सामान्य घटेको चाँदीको मूल्य पनि बिहीबार बढेको छ। महासंघका अनुसार चाँदी आज तोलामा २० रूपैयाँले बढेर प्रतितोला एक हजार ५ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , चैत १५ २०८०११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend