सोमबार, जेठ ७ गते २०८१    
images
images

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

images
बुधबार, चैत ७ २०८०
images
images
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले घटेको छ।

images
images

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको सामान्य घटेको छ।

images
images
images

मंगलबार तोलामा सातसय रूपैयाँले घटेर प्रतितोला एक लाख २५ हजार दुईसय रूपैयाँमा कारोबार भएको सुनको मूल्यमा बुधबार घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

images

मंगलबार प्रतितोला पाँच रूपैयाँले बढेको चाँदीको मूल्य भने बुधबार प्रतितोला पाँच रूपैयाँले घटेको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला एक हजार पाँचसय २० रूपैयाँमा कारोबार भइरहेको छ।

images
images

यो साता आइतबार १५ रूपैयाँले बढेको चाँदीको मूल्य सोमबार प्रतितोला १० रूपैयाँले घटेको थियो।

images
images


प्रकाशित : बुधबार, चैत ७ २०८०१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend