सोमबार, जेठ ७ गते २०८१    
images
images

सुनको मूल्यमा लगातार कीर्तिमान, चाँदीको घट्यो

images
बुधबार, फागुन २३ २०८०
images
images
सुनको मूल्यमा लगातार कीर्तिमान, चाँदीको घट्यो

बुधबार सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले घटेको छ।

images
images

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। मंगलबारको तुलनामा प्रतितोला पाँचसय रूपैयाँले बढेर सुनको मूल्य बुधबार नयाँ कीर्तिमानी बिन्दुमा पुगेको हो।

images
images
images

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार पाँचसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २२ हजार ९ सय रूपैयाँ पुगेको छ। 

images

मंगलबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख २३ हजार रूपैयाँ पुगेको थियो।

images
images

मंगलबार प्रतितोला ३५ रूपैयाँले बढेको चाँदीको मूल्य भने बुधबार प्रतितोला पाँच रूपैयाँले घटेको छ। बुधबार चाँदी प्रतितोला १४ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

images
images


प्रकाशित : बुधबार, फागुन २३ २०८०११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend