सोमबार, जेठ ७ गते २०८१    
images
images

तोलामा १३ सयले घट्यो सुनको मूल्य, चाँदीको प्रतितोला १३१० रूपैयाँ कायम

images
मंगलबार, असोज १६ २०८०
images
images
तोलामा १३ सयले घट्यो सुनको मूल्य, चाँदीको प्रतितोला १३१० रूपैयाँ कायम

मंगलबार चाँदी तोलामा ३० रूपैयाँले घटेर प्रतितोला एक हजार ३ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

images
images

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामै १३ सय रूपैयाँले घटेको छ। सोमबार प्रतितोला एक सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार १३ सय रूपैयाँले घटेको हो। 

images
images
images

मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ६ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार एक सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images

गएको मंगलबारयता सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ। मंगलबार चाँदी तोलामा ३० रूपैयाँले घटेर प्रतितोला एक हजार ३ सय १० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला २० रूपैयाँले घटेको थियो।

images
images


प्रकाशित : मंगलबार, असोज १६ २०८००५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend