मंगलबार, जेठ ८ गते २०८१    
images
images

नेपाल-भारतबीच क्रस बोर्डर क्यूआर भुक्तानीको सुरुवात गर्दै फोनपे र एनआईपीएल

images
बिहीबार , भदौ २१ २०८०
images
images
नेपाल-भारतबीच क्रस बोर्डर क्यूआर भुक्तानीको सुरुवात गर्दै फोनपे र एनआईपीएल

उक्त सेवाका लागि दुवै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेका छन् र प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको छ।

images
images

काठमाडौं- नेपालको भुक्तानी सञ्चालक फोनपे र नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाको अन्तर्राष्ट्रिय शाखा एनआईपीएलले नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्यूआर भुक्तानी सेवाको सुरुवात गर्ने भएका छन्।

images
images
images

उक्त सेवाका लागि दुवै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेका छन् र प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको छ।

images

फोनपे, र एनआईपीएलबीचको यस सहकार्यले, दुवै राष्ट्रका लाखौँ नागरिकहरूलाई यी दुई नेटवर्कमा आबद्ध मोबाइल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्यूआर कोडमार्फत सुरक्षित र सह रूपमा  भुक्तानी गर्न सहयोग पुग्नेछ।

images
images

प्राविधिक एकीकरणको समाप्तिपश्चात् यी दुई कम्पनीहरू आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरुलाई सेवा प्रदान गर्न सक्षम हुनेछन्, जसको अनुरुप लाखौँ उपभोक्ता र व्यापारीहरूले यस सेवाको लाभ लिन सक्नेछन्।

images
images

दुई कम्पनी बीचको यस रणनैतिक साझेदारीले दुवै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिनेछ र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँचका लागि एउटा प्रमुख पाइलाको रुपमा सावित हुने विश्वास गरिएको छ।

फोनपेका सभापति तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले यस पहलले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने र समृद्धि एवं विकासलाई बढावा दिने विश्वास व्यक्त गरे। 'यो उल्लेखनीय प्रक्षेपण, दुवै देशका नागरिकहरूको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम हो', उनले भने।

सो अवसरमा एनपीसीआई इन्टरनेशनल पेमेन्ट्सले यस पहलले युपीआई एप्सले सहज क्रस बोर्डर भुक्तानीहरूलाई सक्षम पार्ने र मानिसहरूको कारोबार गर्ने तरिकालाई वृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।

यो साझेदारीको सुरुवातको कुरा ग्लोबल फिन्टेक फेस्ट २०२३ मा भएको थियो, जहाँ हरेक वर्ष फिन्टेक दूरदर्शीहरू र नवप्रवर्तकहरूको विश्वव्यापी भेटघाट हुने गर्छ।


प्रकाशित : बिहीबार , भदौ २१ २०८०११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend