मंगलबार, जेठ ८ गते २०८१    
images
images

एनआईसी एसिया फुटसल कप २०२३ सम्पन्न

images
आइतबार, भदौ १७ २०८०
images
images
एनआईसी एसिया फुटसल कप २०२३ सम्पन्न
images
images

काठमाडौं- एनआईसी एसिया बैंकले आयोजना गरेको एनआईसी एसिया फुटसल कप २०२३ प्रतियोगिता सम्पन्न भएको छ।

images
images
images

कर्मचारीहरुबीचको टिमवर्क, नेतृत्व विकास तथा स्वस्थ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने उद्देश्यअनुरुप आयोजित यस प्रतियोगितामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बैंकका ३९ सयभन्दा बढी कर्मचारीहरुको उत्साहपूर्ण सहभागीता भएको बैंकले जनाएको छ।

images

सातै प्रदेशबाट छानिएका २० पुरुष र १५ महिला टिमहरुको निर्णायक खेल काठमाडौंमा अवस्थित धन्यन्तरी फुटसल ग्राउण्डमा भाद्र ९ गते सम्पन्न भएको हो। लिग तथा नक आउट चरणमा सम्पन्न भएको उक्त खेलको फाइनलमा पुरुषतर्फ बैंकको रजिष्ट्रार्ड अफिस टिम विजेता र डिजिटल पेमेन्ट इकोसिष्टम टिम उपविजेता बने भने महिलातर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्ट टिम विजेता र सुदूरपश्चिम प्रदेश बी टिम उपविजेता बन्यो।

images
images

खेल अवधिभर उत्कृष्ट खेल्ने महिलातर्फ सुदूरपश्चिम प्रदेश बी की रक्षा शाही र पुरुषतर्फ डिजिटल पेमेन्ट इकोसिष्टम टिमका विवेक चौधरी छनौट भएका छन्। त्यसैगरी उत्कृष्ट गोलकिपरतर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्टकी सोना थापा र रजिष्ट्रार्ड अफिसका मञ्जित काकी रहेका छन्। अर्कोतिर उच्च स्कोररतर्फ कर्णाली प्रदेशकी उर्मिला चौधरी र रजिष्ट्रार्ड अफिसका ठाकुर श्रेष्ठ रहेका छन्। प्रतियोगिताका विजेता, उपविजेता, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ताहरुलाई ट्रफि, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको छ।

images
images

यस खालको प्रतियोगित नेपालको कर्पोरेट (आन्तरिक) क्षेत्रमा हुने खेल इभेन्टमध्ये सबैभन्दा पहिलो प्रतियोगिता रहेको आयोजकको दाबी छ। जहाँ प्रत्यक्ष संलग्न १२ सयभन्दा बढी कर्मचारी सहित कुल ३९ सयभन्दा बढी कर्मचारी संलग्न रहेको बैंकको विवरण छ।

प्रतियोगिता समापन कार्यक्रमलाई शोभा बढाउन नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङ, नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक थमन भुसाल, बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुधिर नाथ पाण्डे र सन्तोष राठी, प्रमुख डेभलोपमेन्ट अफिसर कैलाश गौतम, बैंकका कम्पनी सचिव दिपेन कार्की, बैंकको ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन्स् विभाग प्रमुख सरोज भट्टराईलगायतको उपस्थिति थियो ।

कर्मचारीहरुका लागि ‘बैंक अफ फष्ट चोइस’ बन्ने दीर्घकालीन लक्ष्य लिँदै गतिशील रुपमा अगाडि बढिरहेको एनआईसी एसिया बैंकले आफ्ना कर्मचारीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा प्रोत्साहन गराउने अभिप्रायले आयोजित यस प्रतियोगिताको प्रादेशिक चरण भाद्र २ गते सम्पन्न भएको थियो।

प्रतियोगिताको प्रादेशिक प्रतियोगिताहरु कोशी प्रदेशको बिराट चोकमा अवस्थित प्लानेट रिक्रिएसन सेन्टर, मधेस प्रदेशको बर्दिवासमा अवस्थित बर्दिबास फुटसल एरिना, बागमती प्रदेशको काठमाडौंमा अवस्थित धन्यन्तरी फुटसल, गण्डकी प्रदेशको पोखरामा अवस्थित बी-फिट स्पोर्ट्स, लुम्बिनी प्रदेशको मणिग्राममा अवस्थित युनिक फुटसल तथा नेपालगञ्जमा अवस्थित नेपालगञ्ज फुटसल तथा रिक्रियसन सेन्टर, कर्णाली प्रदेशको सुर्खेतमा अवस्थित एमएनएस फुटसल, सुदूरपश्चिम प्रदेशको धनगढीमा अवस्थित डल्लुज फुटसलमा सम्पन्न भएका थिए।


प्रकाशित : आइतबार, भदौ १७ २०८००६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend