सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

दूधकोशी-६ जलविद्युत आयोजनाको लागत २९ अर्ब ६१ करोड, वातावरणीय क्षति न्यूनीकरणमा २ प्रतिशत लगानी

शुक्रबार, कात्तिक ४ २०७९
दूधकोशी-६ जलविद्युत आयोजनाको लागत २९ अर्ब ६१ करोड, वातावरणीय क्षति न्यूनीकरणमा २ प्रतिशत लगानी

आयोजना समुन्द्री सतहबाट १९३१ मिटरदेखि २३०७ मिटर सम्मको उचाईमा अवस्थित हुनेछ। यसबाट २५ घरधुरी प्रभावित हुनेछन्। आयोजनाको कार्यान्वयनले रिन्डिमा, सुर्के,  नाकचुन,  ताते, चौरिखर्क, मुसे र नाकचुनको बस्तीमा प्रभाव देखिने वातावरणीय प्रभाव रिपोर्टमा उल्लेख छ। 

काठमाडौं- दूधकोशी-६ जलविद्युत आयोजनाको लागत २९ करोड ६१ लाख ४१ लाख ३ हजार ८ सय ५० रुपैयाँ अनुमान भएको छ। 

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ र ३ मा आयोजना प्रस्ताव गरिएको  छ। यो रन अफ रिभर प्रकृतिको आयोजना हो। आयोजनाको ग्रस हेड ३७६ मिटर, नट हेड ३६७.५३ मिटर, डिजाइन डिस्चार्ज ५१.७५ घनमिटर प्रति सेकेन्ड र जडित क्षमता १७१ मिटरको हुने वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।

आयोजनको मुख्य संरचना अन्तर्गत डाइभर्सन वेयर, अन्डरस्लुइस, ग्राभेल ट्रयाप, सेटलिङ बेसिन, हेडरेस पाइप, हेडरेस टनेल, सर्ज ट्यांक,पेनस्टक पाइप विद्युत गृह, टेलरस क्यानल र अडिट टनेल रहेका छन्। 

आयोजनको स‌ंरचना दूधकोशी नदीको दायाँ किनारमा प्रस्ताव गरिएको छ। आयोजनाबाट सुख्खा याममा २९५.४५४ गिगावाट  आवर र वर्षा याममा ६८८.४८० गिगावाट आवर गरी कुल ९८३.९३४ गिगावाट आवर विद्युत उत्पादन गर्ने वातावरणीय रिपोर्टमा उल्लेख छ। आयोजना सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यावर्ती क्षेत्रमा पर्दछ।

प्रस्तावित आयोजनाको जडित क्षमता १७१ मेगावाट रहेको छ जुन ५० मेगावाट भन्दा बढी छ र आयोजनाको लागि १०.७६ हेक्टर सरकारी जग्गा (स्थायी रुपमा ७.३६ हेक्टर र अस्थायी रुपमा ३.४ हेक्टर) प्रयोग गरिने र जुन ५ हेक्टर भन्दा बढी हुने रिपोर्टमा उल्लेख छ।

आयोजना समुन्द्री सतहबाट १९३१ मिटरदेखि २३०७ मिटर सम्मको उचाईमा अवस्थित हुनेछ। यसबाट २५ घरधुरी प्रभावित हुनेछन्। आयोजनाको कार्यान्वयनले रिन्डिमा, सुर्के,  नाकचुन,  ताते, चौरिखर्क, मुसे र नाकचुनको बस्तीमा प्रभाव देखिने वातावरणीय प्रभाव रिपोर्टमा उल्लेख छ। 

दूधकोशी-६ जलविद्युत आयोजनाको माथिल्लो तटीय क्षेत्रमा १६६ मेगावाटको दूधकोशी-९ आयोजना रहेको छ भने तल्लो तटीय क्षेत्रमा ३५० मेगावाटको सुर्के दूधकोशी जलविद्युत आयोजना रहेको छ। तर यी आयोजनाहरुले दूधकोशी-६ आयोजनालाई कुनै असर नगर्ने रिपोर्मा उल्लेख छ।

आयोजनाबाट निर्माण अविधका ५५० जनाले रोजगारी पाउने छन्। आयोजनका लागि कुल ११७ वटा (८९ पोल र २८ रुख)  कटनी गर्नु पर्ने छ। जुन रुख सगमाथा राष्ट्रिय निकुञ्जको मध्यावर्ती क्षेत्रमा पर्दछ।

आयोजनाका लागि कुल ११.२ हेक्टर निजी जग्गा आवश्यक पर्नेछ। जसमध्य ६.३ हेक्टर स्थायी रुपमा र ४.९ हेक्टर अस्थायी रुपमा प्रयोग हुनेछ। जसबाट २५ घरधुरीहरु प्रभावित हुने छन्। 

आयोजनाले गर्दा ६.३३५ मेट्रिक टन गहुँ,  ५.६८ मेट्रिक टन मकै, १.१९ मेट्रिक टन कोदो र १७.१९ मेट्रिक टन आलुको उत्पादनमा ह्रास आउने रिपोर्टमा उल्लेख छ। निजी जग्गाबाट २४ वटा रुख काटिने छ। 

आयोजनाले वातावरणीय अनुगमनको निम्ती लाग्ने खर्च ५ करोड ५६ लाख रुपैयाँ तथा वातावरणीय परीक्षणका निम्ति लाग्ने खर्च ३ करोड ३५ लाख रुपैयाँ अनुमान गरेको छ। आयोजनाले माथिका सबै खर्च समावेश गरी वातावरणीय लागत ६१ करोड १६ लाख ३९ हजार ९४ रुपैयाँ छुटाएको छ। यो कुल लागत २९ अर्ब ६१ करोड ४१ लाख ३ हजार ८ सय ८५ रुपैयाँको २.०७ प्रतिशत हो।


प्रकाशित : शुक्रबार, कात्तिक ४ २०७९०५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend