सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

मोबाइलमा पढ्दै गर्दा अंग्रेजी शब्दको अर्थ बुझ्नुभएन? यसो गर्नुहोस् 

बिहीबार , असोज २१ २०७८
मोबाइलमा पढ्दै गर्दा अंग्रेजी शब्दको अर्थ बुझ्नुभएन? यसो गर्नुहोस् 

थर्ड पार्टी डिक्सनरीमा अर्थ खोज्नेबाट प्रक्रियाबाट मुक्ति दिनका लागि गुगलले प्रयोगकर्तालाई सुविधा दिएको छ। 

काठमाडौं-  एन्ड्रोइड अपरेटिङ प्रणालीमा आधारित स्मार्टफोनमा वेबमा आधारित लेखहरू पढ्ने गर्नुभएको छ? यदि यसरी पढ्दा अंग्रेजी शब्दको अर्थ बुझ्नुभएन? 

यदि यसो हो भने तपाईंले कुनै थर्ड पार्टी डिक्सनरीमा अर्थ खोज्ने झन्झट नहुने भएको छ। 

थर्ड पार्टी डिक्सनरीमा अर्थ खोज्नेबाट प्रक्रियाबाट मुक्ति दिनका लागि गुगलले प्रयोगकर्तालाई सुविधा दिएको छ। 

कुनै पनि वेबसाइटमा पढ्दै गर्दा सिधै उही वालमा अर्थ देख्न सकिने छ। यसका लागि प्रयोगकर्ताले आफूले अर्थ नबुझेको शब्दमा क्लिक गरेर सेलेक्ट गर्नुपर्छ। सेलेक्ट गरेपछि कपी, सेयर र सेलेक्ट अल भन्ने शब्द देखाउँछ। त्यसको दायाँतिर तीनवटा डट लाइन देखाउँछ। उक्त डट लाइनमा क्लिक गरेपछि वेब सर्च, डिक्सनरी र ट्रान्सलेटको विकल्प दिन्छ। 

त्यसमध्ये डिक्सनरीको विकल्पबाहेक ट्रान्सलेट थिचेपछि उक्त शब्दको अर्थ आफूले पढिरहेकै ट्यावमा देखाउने छ। एउटै वालमा पपअप अर्थ देखिने छ। त्यसरी देखिने पपअप आफूले भाषा पनि छनौट गर्न पाइने छ। 


प्रकाशित : बिहीबार , असोज २१ २०७८०७:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend