सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

चितवन र नवलपरासी जोड्ने नारायणी नदीमा अत्याधुनिक पुल बनाउन टेन्डर आह्वान

बुधबार, कात्तिक २ २०७९
चितवन र नवलपरासी जोड्ने नारायणी नदीमा अत्याधुनिक पुल बनाउन टेन्डर आह्वान

डिजाइन एन्ड बिउल्ड मोडालिटीमा निर्माण गर्ने गरि टेन्डर आह्वान गरिएको छ।

काठमाडौं- चितवन र नवलपरासी जोड्ने नारायणी नदीमाथि अत्याधुनिक पुल निर्माण हुने भएको छ। पहिलो ‘सिग्नेचर ब्रिज’का रुपमा व्याख्या गरिएको उक्त पुल निर्माण गर्न सडक विभागले टेन्डर आह्वान गरेको छ।

सडक विभागले कर्णाली चिसापानीमा पनि अत्याधुनिक प्रविधिको पुल निर्माण तयारी गरेको छ। कर्णालीको पुलभन्दा नारायणीको पुल अझ बढी आकर्षक र अत्याधुनिक हुने दाबी गरिएको छ। 

५०० मिटर लामो हुने उक्त नारायणी पुल पर्यटकीय रुपमा समेत आकर्षक बनाउने तयारी सडक विभागको छ। हाल सञ्चालनमा रहेको चितवन-नवलपरासी जोड्ने पुल ४६० मिटर लामो रहेको छ। नयाँ पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ। 

चिनियाँ प्राविधिकको सहयोगमा उक्त पुल निर्माण गरिनेछ। डिजाइन एन्ड बिउल्ड मोडालिटीमा निर्माण गर्ने गरि टेन्डर आह्वान गरिएको छ।

Narayani pul.jpg


प्रकाशित : बुधबार, कात्तिक २ २०७९०४:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend