बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

बीएमडब्लूले विद्युतीय मिनिको उत्पादन बेलायतबाट किन चीन सार्दै छ?

बिहीबार , कात्तिक ३ २०७९
बीएमडब्लूले विद्युतीय मिनिको उत्पादन बेलायतबाट किन चीन सार्दै छ?

सोही कारण बीएमडब्लूले ह्याचब्याक कार तथा साना एसयूभी चीनमा रहेको बाओडिङ प्लान्टबाट गर्ने सहमति गरेको छ। चीनमा मिनि एकमेन नाममा २०२४ भित्रै बजारमा आइसक्नेछ। 

काठमाडौं- जर्मन विलासी कार उत्पादक कम्पनी बीएमडब्लूको सब ब्रान्ड मिनिको विद्युतीय भर्सन हाल बेलायतमा हुँदै आएको छ। बेलायतको अक्सफोर्डसाइनमा रहेको मिनिको विद्युतीय कार उत्पादन आगामी वर्षबाट बन्द हुने भएको छ। 

बीएमडब्लूले हाल अक्सफोर्डसाइनको प्लान्टबाट वार्षिक ४० हजार मिनिको विद्युतीय कार उत्पादन गदैए आएको छ। उक्त प्लान्टको उत्पादन आगामी वर्ष बन्द हुने र २०२४ बाट मिनिका विद्युतीय कार चीनमा उत्पादन हुने कम्पनीको भनाइ छ। 

पहिलो विद्युतीय मिनि २०१९ को जुलाईमा अक्सफोर्डसाइनमा भएको थियो। युरोपेली बजारमा विद्युतीय मिनिको लोकप्रियता उल्लेख्य रहेको छ। 

बीएमडब्लूले चिनियाँ कार उत्पादक कम्पनी ग्रेटवाल मोटरसँग साझेदारी गरेको छ। सोही कारण बीएमडब्लूले ह्याचब्याक कार तथा साना एसयूभी चीनमा रहेको बाओडिङ प्लान्टबाट गर्ने सहमति गरेको छ। चीनमा मिनि एकमेन नाममा २०२४ भित्रै बजारमा आइसक्नेछ। 

बीएमडब्लूले विद्युतीय उत्पादन जर्मनीमाबाट समेत गर्ने तयारी गरेको छ। बेलायतमा रहेको प्लान्टबाट बीएमडब्लूले थ्रीडोर, फाइभडोर र कन्भर्टिवल ग्यास मिनि कुपरहरुको उत्पादन भने जारी राख्नेछ। सो प्लान्टबाट उत्पादित ती कार जापान, अमेरिकालगात बजारमा निर्यात हुनेछ। 

बीएमडब्लूले ग्यास मिनिको उत्पादन २०३० सम्म बन्द नहुने र बेलायती प्लान्टमा रहेका कामदार कटौती समेत नहुने जनाएको छ। बीएमडब्लू ब्रान्डकै विद्युतीय कार पनि बजारमा आउने क्रम रहेको छ। 


प्रकाशित : बिहीबार , कात्तिक ३ २०७९०२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend