सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

डडेल्धुरासहित सुदूरका पहाडी जिल्लामा विद्युत् अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ३१ २०७९
डडेल्धुरासहित सुदूरका पहाडी जिल्लामा विद्युत् अवरुद्ध

डडेल्धुरा- डडेल्धुरासहित सुदूरपहाडका जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ। कैलालीको सहजपुरमा ३३ केभीको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको विद्युत् प्राधिकरण डडेल्धुराका प्रमुख रामदिनेश राय यादवले जानकारी दिएका छन्।

यादवका अनुसार आइतबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएकामा अहिले मर्मतको काम जारी छ। मर्मत हुनेबित्तिकै विद्युत् सेवा सञ्चालन हुने जनाइएको छ।

उनका अनुसार अघिल्लो साता १३२ केभीको लाइनमा समस्या आएपछि ३३ केभीबाट सेवा सञ्चालन गरिएको थियो। आजसम्म १३२ केभीको प्रसारण लाइन पनि मर्मत भइसक्ने यादवले बताए। विद्युुत् अवरुद्ध हँुदा नेट इन्टरनेटसँग सामाजिक सञ्जाल प्रभावित बनेको छ भने विद्युतीय कारोबारमा असहजता भएको छ। रासस


प्रकाशित : सोमबार, असोज ३१ २०७९०८:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend