सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

८७ मेगावाटको एसआर–३ र ८१ मेगावाटको बुढीगण्डकी प्रोकमा चिलिमे हाइड्रोपावरको ३६ अर्ब लगानी प्रस्ताव

शुक्रबार, असोज २८ २०७९
८७ मेगावाटको एसआर–३ र ८१ मेगावाटको बुढीगण्डकी प्रोकमा चिलिमे हाइड्रोपावरको ३६ अर्ब लगानी प्रस्ताव

काठमाडौं- चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले सेतीनदी-३ (एसआर) र बुढीगण्डकी प्रोक जलविद्युत परियोजनामा लगानी गर्न प्रस्ताव गरेको छ। कम्पनीले शुक्रबार लगानी बोर्डमा लगानी प्रस्ताव गरेको हो।

अर्ध-जलाशययुक्त (सेमी स्टोरेज) प्रकृतिमा निर्माण प्रस्ताव गरिएको एसआर-३ जलविद्युत परियोजनाको क्षमता ८७ मेगावाट र नदी प्रवाही (रन अफ द रिभर) प्रकृतिको बुढीगण्डकी प्रोक जलविद्युत परियोजनाको क्षमता ८१ मेगावाट रहेको छ। 

बोर्डमा लगानी स्वीकृतिका लागि पेस भएको प्रस्ताव अनुसार, एसआर-३ को लागत १९ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ र बुढीगण्डकी प्रोकको लागत १६ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ रहने अनुमान छ। पश्चिम सेती जलविद्युत परियोजनाको अपस्ट्रिम (माथिल्लो भाग) मा अवस्थित एसआर-३ परियोजना सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा पर्छ। 

लगानी बोर्डको कार्यालयले गत भदौ २ मा भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेडसँग पश्चिम सेती (७५० मेगावाट) र एसआर-६ (४५० मेगावाट) विकास गर्नेगरी समझदारी गरेको थियो। त्यस्तै, बुढीगण्डकी प्रोक जलविद्युत परियोजनाको परियोजनास्थल गण्डकी प्रदेशको गोरखा जिल्लामा पर्छ।

उनले सेती करिडोरको पनि अरुण करिडोरको जस्तै भविष्य रहेको चर्चा गर्दै चिलिमेले विकासका लागि प्रस्ताव गरेको परियोजनाले सेती नदी र एसआर-६ का लागि निर्माणका क्रममा आवश्यक ऊर्जा आपूर्ति हुने विश्वास व्यक्त गरे।

चिलिमेको २२.१ मेगावाटको चिलिमे जलविद्युत परियोजना सञ्चालनमा रहेको छ र सो कम्पनीको अगुवाइमा विभिन्न कम्पनीहरूमार्फत् अतिरिक्त १०२ मेगावाटको मध्य भोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावटको (माथिल्लो) सान्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत परियोजनाहरू निर्माणाधीन रहेका छन्।


प्रकाशित : शुक्रबार, असोज २८ २०७९१२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend