बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

विद्युतीय कार निर्माता सिपिङले बनाएको पहिलो विद्युतीय ‘फ्लाइङ कार’को पहिलो उडान दुबईमा 

शुक्रबार, असोज २८ २०७९
विद्युतीय कार निर्माता सिपिङले बनाएको पहिलो विद्युतीय ‘फ्लाइङ कार’को पहिलो उडान दुबईमा 

कम्पनीले परीक्षण उडानको सफलतालाई दोस्रो पुस्ताको फ्लाइङ कारका लागि यो महत्वपूर्ण आधार भएको बताएको छ। सिपिङको एक्सटू हेलिकप्टर जस्तै गरि उड्न र ल्यान्ड गर्न सक्छ। 

काठमाडौं- पहिलो फ्लाइङ कारको उडान सम्पन्न भएको छ। चिनियाँ विद्युतीय कार निर्माता कम्पनी सिपिङ इंकले निर्माण गरेको पहिलो फ्लाइङ कारको पहिलो उडान संयुक्त अरब इमिरेट्सको दुबईमा भएको हो। 

सिपिङले बनाएको सो कारको पहिलो सार्वजनिक उडान हो। योसँगै कम्पनीले अन्तर्राष्ट्रिय बजारमा विद्युतीय वायुयान समेत सार्वजनिक गर्ने तयारी गरेको छ। 

xpeng f c.jpeg

सिपिङले बनाएको एसटू प्लाइङ कार दुई सिट क्षमताको उड्ने कार हो। यो कार प्रतिघण्टा १ सय ३० किलोमिटरको गतिसम्म उड्न सक्छ। यसैसाता सो कारले दुबईमा करिब १ सय ४५ किलोटर उडान गरेर परीक्षण उडान सम्पन्न गरेको थियो। 

कम्पनीले परीक्षण उडानको सफलतालाई दोस्रो पुस्ताको फ्लाइङ कारका लागि यो महत्वपूर्ण आधार भएको बताएको छ। सिपिङको एक्सटू हेलिकप्टर जस्तै गरि उड्न र ल्यान्ड गर्न सक्छ। 

यो फ्लाइङ कारको लम्बाई ५ मिटर, चौडाई ४.७८ मिटर र उचाई १.३६ मिटर रहेको छ। यो कारको तौल ५ सय ५० किलो छ भने ७ सय ६० किलोसम्म लिएर सजिलै उड्न सक्छ। 

Xpeng-X2 1.jpg

दुबईमा भएको एक प्रदर्शनीमा सार्वजनिक गर्दै परीक्षण उडान गरेको सिपिङ एक्सटू इभोल्ट विद्युतीय उड्ने कार हो। यो कार १ हजार मिटरको उचाईसम्म उडान भर्न सक्छ। फुल चार्ज गर्दा एक्सटू ३५ मिनेटसम्म उडाउन मिल्छ। 

सिपिङले यो कार २०२४ देखि उपभोक्तालाई हस्तारन्तरण गर्ने दाबी गरेको छ। सुरुवाती हस्तान्तरण सीमिति संख्यामा हुने कम्पनीको भनाइ छ। यो कारको मूल्य करिब २ करोड रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ। 


प्रकाशित : शुक्रबार, असोज २८ २०७९०३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend