बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

हुन्डाईको टेष्ट ड्राइभ विजेता : शेरबहादुर र हस्तमायाले पाए कतार गएर विश्वकप हेर्ने अवसर 

मंगलबार, असोज २५ २०७९
हुन्डाईको टेष्ट ड्राइभ विजेता : शेरबहादुर र हस्तमायाले पाए कतार गएर विश्वकप हेर्ने अवसर 

दुइ विजेताहरुले आफ्नो रोजाइको एक-एक व्यक्ति साथमा लिइ कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन्, जसको सम्पूर्ण खर्चहरु हुन्डाई नेपालले व्यहोर्ने छ।

काठमाडौं- हुन्डाई गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विश्व कप २०२२ लक्षित ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा गरेको हो। हुन्डाई टेस्ट ड्रइभ, वाच लाइभ फिफा वल्ड कप २०२२’ को विजेता घोषणा गरेको छ। 

यस क्याम्पेनका विजेताले फिफा विश्वकप २०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउनेछन्। ११ अक्टोबर २०२२ मा गरिएको लक्की ड्र मार्फत २ जना विजेताहरुको छनौट गरेको हो। छनोट हुनेहरुमा शेरबहादुर जीसी र हस्तमाया गुरुङ हुन्। 

दुइ विजेताहरुले आफ्नो रोजाइको एक-एक व्यक्ति साथमा लिइ कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन्, जसको सम्पूर्ण खर्चहरु हुन्डाई नेपालले व्यहोर्ने छ।

यस योजनामा सहभागी जनाउन १९ जुलाई देखि ३० सेप्टेम्बरसम्म नेपालभरी रहेका हुन्डाईको १७ वटा सोरुमहरुबाट कुनै पनि हुन्डाई गाडीको टेष्ट ड्राइभ गरि आफुलाई रजिष्टर गर्नुपर्ने थियो। यस क्याम्पेनले पर्यावरण दिगोपनका लागी हुन्डाईको प्रयासप्रति सबैको ध्यानाकर्षण गरेको थियो र क्याम्पेनले नेपाली अटोमोबाइल बजारमा अत्याधिक चर्चा बटुल्न पनि सफल रह्यो। आफ्ना ग्राहकहरुलाई सदैव आकर्षक योजना तथा उत्कृष्ट उत्पादनको माध्यमबाट हुन्डाई सबैको रोजाइको ब्राण्ड बन्न सफल भएको छ। 

फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबल मार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गरी खेलका पारखीहरुलाई जोड्ने लक्ष्य सहितको यस क्याम्पेन आफ्नो लक्ष्यमा सफल भएको कम्पनीले जनाएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नेपालभरी रहेका १७ डिलर तथा १९ सर्भिस सेन्टरहरुद्वारा आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ। 


प्रकाशित : मंगलबार, असोज २५ २०७९१२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend