बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

ओलाले ८० हजार भारुमै विद्युतीय स्कुटर सार्वजनिक गर्दै, नेपालमा कतिमा आउला? 

मंगलबार, असोज २५ २०७९
ओलाले ८० हजार भारुमै विद्युतीय स्कुटर सार्वजनिक गर्दै, नेपालमा कतिमा आउला? 

नयाँ स्कुटरमा एसवानकै सहर विशेषता हुने र ओलाको मुभओएस सफ्टवेर सहित आउनेछ। गत वर्ष ओलाले भारतीय बजारमा ९९ हजार ९ सय ९९ भारुमा एसवान विद्युतीय स्कुटर सार्वजनिक गरेको थियो।

काठमाडौं- विद्युतीय स्कुटरमा नयाँ आयाम थप्ने प्रयासमा रहेको ओला इलेक्ट्रिकले सस्तो मूल्यमा नयाँ स्कुटर ल्याउने भएको छ। यही दिवालीलाई लक्षित गरेर ओलाले नयाँ स्कुटर ल्याउने बताएको हो। 

ओलाले ल्याउने नयाँ विद्युतीय स्कुटर एसवानको सस्तो भेरियन्ट हुनेछ। नयाँ स्कुटरको मूल्य ८० हजार भारुभन्दा कम हुने अनुमान गरिएको द इकोनामिक टाइम्सले लेखेको छ। उक्त मूल्यमा विद्युतीय स्कुटर सार्वजनिक भएमा यो भारतकै सस्तो मध्येको विद्युतीय स्कुटर हुनेछ।

नयाँ स्कुटरमा एसवानकै सहर विशेषता हुने र ओलाको मुभओएस सफ्टवेर सहित आउनेछ। गत वर्ष ओलाले भारतीय बजारमा ९९ हजार ९ सय ९९ भारुमा एसवान विद्युतीय स्कुटर सार्वजनिक गरेको थियो। हाल ओलाले भारतमा एसवान र एसवान प्रो स्कुटर उपलब्ध गराएको छ। ओलाका विद्युतीय स्कुटर भारतीय बजारमा उपलब्ध अन्य स्कुटरको तुलनामा निक्कै एडभान्स विशेषताहरु रहेका छन्। 

ओलाका विद्युतीय स्कुटर नेपाली बजारमा समेत भित्रिसकेको छ। ओलाको स्कुटर सीजी मोटरले नेपाल ल्याएको हो। दसैँअघि भएको नाडा ईभी एक्सपो २०२२ मा ओलाका स्कुटर प्रदर्शनीका लागि राखिएको थियो। सो स्कुटरमा उपभोक्ताको आकर्षण देखिएको थियो। अबको केही समयभित्रै सीजी मोटरले ओलाका स्कुटर बिक्रीका लागि उपलब्ध गराउने जनाएको छ। भारतमा सार्वजनिक भएपछि सस्तो स्कुटर पनि नेपाल आउने कम्पनीको भनाइ छ। 

ओलाले भारतमा बिक्री नेटवर्क विस्तारलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको छ। केही समयअघि देखिएको आगोलागीको समस्या समाधान भएको दाबी गर्दै ओलाले स्कुटर बिक्रीमा आक्रामक हुने संकेत गरेको छ। ओलाले अबको केही समयपछि दैनिक १ हजार स्कुटर बिक्री गर्ने दाबी समेत गरेको छ। 

स्कुटरसँगै ओलाले विद्युतीय कार सार्वजनिक गर्ने बताएको छ। २०२५ सम्ममा बजारमा ल्याइसक्ने विद्युतीय कारको रेन्ज ५ सय किलोमिटरभन्दा बढी हुनेछ।


प्रकाशित : मंगलबार, असोज २५ २०७९०४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend