सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

दसैँभर दैनिक झन्डै ८०० मेगावाट बिजुली खेर गयो, भारतले निर्यातको सहमती नदिँदा प्राधिकरणलाई करोडौँ घाटा

शुक्रबार, असोज २१ २०७९
दसैँभर दैनिक झन्डै ८०० मेगावाट बिजुली खेर गयो, भारतले निर्यातको सहमती नदिँदा प्राधिकरणलाई करोडौँ घाटा

दसैँमा उद्योग कलकारखाना बन्द हुँदा दैनिक करिब ८०० मेगावाट विद्युत खेर गएको छ। जसका कारण नेपाल बिद्युत प्राधिकरणलाई करोडौ रुपैयाँ घाटा लागेको छ। 

काठमाडौं-दसैँमा उद्योग कलकारखाना बन्द हुँदा दैनिक करिब ८०० मेगावाट विद्युत खेर गएको छ। जसका कारण नेपाल बिद्युत प्राधिकरणलाई करोडौ रुपैयाँ घाटा लागेको छ। 

दसैँमा सबै उद्योग कलकारखाना बन्द र निरन्तर पानी पर्दा चिसो बढ्दा देशभित्र विद्युतको माग घटेको हो। राति दैनिक ७ सय देखि ८ सय मेगावाटसम्म र दिउँसो ४ सय देखि ५ सय मेगावाट विद्युत खेर गइरहेको छ। प्राधिकरणले दैनिक रुपमा करिब ४ सय मेगावाट विद्युत भारतमा बिक्री गरिरहेको प्राधिकरणले जनाएको छ। 

नेपालमा वर्षाको समयमा हाल २२ सय मेगावाट बिजुली उत्पादनमा रहेको छ। गत जेठ देखि हालसम्म भारतमा निर्यात गरेर झन्डै ८ अर्ब रुपैयाँ आम्दानी नेपाल विद्युत प्राधिकरणले गरिसकेको छ। 

नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २१२ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि प्रस्ताव गरेको थियो। तर, भारतीय पक्षबाट अनुमति नदिंदा विद्युत खेर जाने अवस्था आएको हो ।

प्राधिकरणले सुरुमा ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला, २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो।

थप ४ जलविद्युत आयोजनाको प्रस्तावसँगै प्राधिकरणले ८ जलविद्युत आयोजनाबाट उत्पादित २१२.७ मेगावाट विद्युत निर्यातका लागि प्राधिकरणको प्रस्ताव छ। 


प्रकाशित : शुक्रबार, असोज २१ २०७९०२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend