बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

टेस्लाको चिनियाँ फोटोकपी कार, मूल्य करिब आधा सस्तो

शुक्रबार, असोज १४ २०७९
टेस्लाको चिनियाँ फोटोकपी कार, मूल्य करिब आधा सस्तो

सो कम्पनीले सार्वजनिक गरेको कारको मूल्य जम्मा २६ हजार डलरबाट सुरु हुन्छ। यो भनेको टेस्ला मोडल थ्रीभन्दा करिब आधामात्र हो। 

काठमाडौं- युरोपेली वा अमेरिकी डिजाइन कपी गर्नमा चिनियाँ कम्पनीहरु माहिर मानिन्छन्। कपी गरेको आरोपमा वक्तव्यवाजीदेखि मुद्दा मानिलासम्म भएको छ। यस्तैमा पुनः एउटा चिनियाँ कार निर्माता कम्पनीले टेस्लाको कारको मोडल कपी गरेर नयाँ कार बनाएको छ। 

चिनियाँ कार उत्पादक कम्पनी चाङगन अटोमोबाइलले हालै सार्वजनिक गरेको एक विद्युतीय कार पूर्णतः टेस्लाको मोडल थ्रीको फोटोकपी हो भन्दा फरक पर्दैन। सो कम्पनीले सार्वजनिक गरेको कारको मूल्य जम्मा २६ हजार डलरबाट सुरु हुन्छ। यो भनेको टेस्ला मोडल थ्रीभन्दा करिब आधामात्र हो। 

तर चिनियाँ कार उत्पादकले टेस्लाका कारको कपी परेर नयाँ उत्पादन ल्याएको यो पहिलो पटक भने होइन। यसअघि चिनियाँ कम्पनीले सार्वजनिक गरेका केही मोडलका विद्युतीय कार पनि टेस्लासँग पुरै मिल्दाजुल्दा थिए। 

चिनियाँ कार उत्पादक कम्पनी सिपिङलाई अहिले पनि टेस्लाका कारको मात्र नभइ बेवसाइट समेत कपी गरेको आरोप लाग्दै आएको छ। अमेरिका कार उत्पादक टेस्लाबाट सिपिङमा गएका एक कर्मचारीले टेस्लाको अटोपाइलट सिपिङमा लगेको समेत टेस्लालो दाबी गर्दै आएको छ। 

कपी गरेको आरोप लागेको कार चीन सरकारको स्वामित्वमा रहेको चाङगन अटोमोबाइलले हालै सार्वजनिक गरेको शानलन एसएल ०३ हो। सेडान सेगमेन्टको यो कार फ्रन्ट तथा रेयर दुवैतर्फबाट हेर्दा टेस्लाको मोडल थ्रीजस्तै नै छ। यो कार टेस्ला मोडल थ्रीभन्दा ४ इन्चमात्र लामो छ। 

इलेक्ट्रिकका अनुसार शानलन एसएल ०३ को इन्टेरिय तथा एक्सटेरियरको अन्य भाग, हाइट,वाइड, ह्वीलवेसलगायत सबै करा मोडल थ्रीसँग मिल्छ।

शानलन एसएल ०३ को बेस भेरियन्टले एक पटकको फुल चार्जमा ५ सय १५ किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ। त्यस्तै यो सेडान कारको हाइ भेरियन्टले ७ सय ५ किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ। 


प्रकाशित : शुक्रबार, असोज १४ २०७९०७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend