बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

विद्युतीय स्कुटर खरिदमा 'जम्बो अफर' : १० लाखसम्मको दुर्घटना बीमा, यस्ता छन् अन्य सुविधा

बिहीबार , असोज १३ २०७९
विद्युतीय स्कुटर खरिदमा 'जम्बो अफर' : १० लाखसम्मको दुर्घटना बीमा, यस्ता छन् अन्य सुविधा

विद्युतीय स्कुटरको इतिहासमै पहिलो पटक यति ठूलो सुविधा दिएको जम्बो इको भेइकलले दाबी गरेकाे छ।

काठमाडौं- विभिन्न ब्राण्डका विद्युतीय स्कुटर तथा साइकल बिक्री गर्दै आएको जम्बो इको भेइकलले चाडपर्वलाई लक्षित गरी दसैँतिहार जम्बो अफर ल्याएको छ। 

यस अफर अन्तरगत जम्बो इको भेहिकलले बिक्री गर्दै आएका साइकल ताथा स्कुटरहरुमा ग्राहकले ७ हजारदेखि ३५ हजार रुपैयाँसम्म छुट पाउने छन्। त्यस्तै हरेक ग्राहकले १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुविधासमेत पाउने छन्।

विद्युतीय स्कुटरको इतिहासमै पहिलो पटक यति ठूलो सुविधा दिएको जम्बो इको भेइकलले दाबी गरेकाे छ। लोकन्थली (जडिबुटी) भक्तपुरमा मल्टिब्राण्ड शोरुम रहेको जम्बो इको भेहिकलले हाल ७५ हजारदेखि ३ लाख २० हजार रुपैयाँसम्मका विद्युतीय स्कुटर बिक्री गर्दै आएको छ।

फरक-फरक मोडेलमा फरक छुट सुिवधा भएतापनि प्रत्येक विद्युतीय स्कुटरको खरिदमा १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा भने सुनिश्चित गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपानेले बताए। 

जम्बो इकोले लिथियम आयन ब्याट्रीयुक्त उत्कृष्ट प्रविधिका विद्युतीय स्कुटर, विद्युतीय साइकलका साथै शारीरिक रुपले अपांग भएका व्यक्तिका लागि इलेक्ट्रिकल व्हिल चियर उपलब्ध गराउँदै आएको छ। 

चीन लगायत अन्य मुलुकबाट इलेक्ट्रिकल लगायत अन्य सवारीसाधन आयातमा समस्या देखिएतापनि जम्बो इकोले चाडपर्वलाई लक्षित गरि स्टक उपलब्ध गराएको र ग्राहकले रोजी-छानी विद्युतीय स्कुटरहरु लोकन्थली नरेफाँटस्थित शोरुमबाट सजिलै खरिद गर्न सक्ने कम्पनीले जनाएकाे छ।


प्रकाशित : बिहीबार , असोज १३ २०७९०३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend