सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

ह्वाट्सएपको समस्याले टेलिग्राममा थपिए ७ करोड प्रयोगकर्ता

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २० २०७८
ह्वाट्सएपको समस्याले टेलिग्राममा थपिए ७ करोड प्रयोगकर्ता

एक अर्ब डाउनडोल रहेको टेलिग्राममा ५० करोड सक्रिय प्रयोगकर्ता रहेका छन्। जसमा सोमबार विशेष गरी ह्वाट्सएपमा आएको समस्याले टेलिग्रामले थप सक्रिय प्रयोगकर्ता जोड्न सकेको हो।

काठमाडौं- ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राममा सोमबार राति एकसाथ देखिएको समस्याले टेलिग्रामलाई फाइदा मिलेको छ। ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम एकसाथ डाउन भएको ६ घण्टाको समयमा टेलिग्राममा थप ७ करोड प्रयोगकर्ता जोडिएका हुन्। 

एक अर्ब डाउनडोल रहेको टेलिग्राममा ५० करोड सक्रिय प्रयोगकर्ता रहेका छन्। जसमा सोमबार विशेष गरी ह्वाट्सएपमा आएको समस्याले टेलिग्रामले थप सक्रिय प्रयोगकर्ता जोड्न सकेको हो। त्यसमा फाइदमा टेलिग्रामसँगै मेसेन्जरमा आफूलाई अघि बढाइरहेको ‘सिग्नल’ पनि रहेको बताइएको छ। 

टेलिग्रामका संस्थापक तथा मुख्य कार्यकारी पावेल डुरोभले भनेका छन्, ‘टेलिग्रामको प्रयोगकर्ता एकैदिन सबैभन्दा बढी थपिएको कीर्तिमान नै बन्यो। ७ करोड प्रयोगकर्ता थपिएका छन्। हाम्रो टिमले जसरी समस्या आउन नदिइ काम गरिरह्यो त्यसले म खुसी छु। अमेरिकाको केही क्षेत्रमा भने एकैचोटी धेरै प्रयोगकर्ता जोडिँदा केही ‘स्लो’ भएको गुनासो पनि आए।’

फेसबुकका अनुसार सोमबार राउटर कन्फिग्रेसन परिवर्तन गर्दा ६ घण्टा लामो सर्भर डाउन भएको हो। जसबाट फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले एकैदिनमा करिब ६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिसमेत गुमाए। नेटवर्क ट्राफिक र डाटा सेन्टरबीचको ब्याकबोन राउटर परिवर्तन गर्नेक्रममा एकआपसको सञ्चार अवरुद्ध भएको फेसबुकले प्रष्ट पारेको छ।


प्रकाशित : बुधबार, असोज २० २०७८०७:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend