बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सस्तो मूल्यमा विद्युतीय कार खोज्नेका लागि टाटाले सार्वजनिक गर्‍यो टियागो ईभी, रेन्ज ३१५ किमि

बुधबार, असोज १२ २०७९
सस्तो मूल्यमा विद्युतीय कार खोज्नेका लागि टाटाले सार्वजनिक गर्‍यो टियागो ईभी, रेन्ज ३१५ किमि

टियागो ईभी १९.२ केडब्लूएच र २४ केडब्डूएच ब्याट्री अप्सनमा ल्याएको छ। टियागो ईभीले एक पटकका फुल चार्जमा २५० देखि ३१५ किलोमिटरसम्म रेन्ज दिनेछ।

काठमाडौं- टाटा मोटर्सले आफ्नो ह्याचब्याक कार टियागोको विद्युतीय भर्सज सार्वजनिक गरेको छ। बुधबार टाटा मोटर्सले टियागो ईभी सार्वजनिक गरेको हो। 

टियागो ईभी १९.२ केडब्लूएच र २४ केडब्डूएच ब्याट्री अप्सनमा ल्याएको छ। टियागो ईभीले एक पटकका फुल चार्जमा २५० देखि ३१५ किलोमिटरसम्म रेन्ज दिनेछ। 

टियागो ईभीको मूल्य भारतीय बजारमा ८ लाख ४९ हजारदेखि ११ लाख ७९ हजार भारुसम्म तोकिएको छ। टाटाले टियागो ईभीको बुकिङ अक्टोबर १० देखि खुला गरेको छ। यो कारको डेलिभरी भने २०२३ को जनवरीबाट सुरु गरिने कम्पनीले जनाएको छ। 

टिगोर ईभीको पर्खाइमा नेपाली उपभोक्ता समेत रहेको छन्। भारतमा सार्वजनिक भएकाले यो कार नेपाल ल्याउने प्रक्रिया समेत सुरु हुनेछ। भारतमा डेलिभरी सुरु हुँदा उक्त कार नेपाल आइपुग्ने अनुमान गरिएको छ। 

१९.२ किलोवाट आवर ब्याट्री प्याकयुक्त कारले २ सय ५० किलोमिटर रेन्ज दिनेछ भने २४ किलोवाट आवर ब्याट्री प्याकयुक्त टियागो ईभीले ३ सय १५ किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ। 

टियागो ईभी रेगुलर १५ए होम सकेटमा ३.३ केडब्लू एसी चार्जर र ७.२ केडब्लू एसी चार्जरबाट शतप्रतिशत चार्ज हुन क्रमशः ३ घण्टा र ३६ मिनेट लाग्नेछ। त्यस्तै डीसी फस्ट चार्जरबाट १० देखि ८० प्रतिशत चार्ज हुन ५७ मिनेटमा हुनेछ। 


प्रकाशित : बुधबार, असोज १२ २०७९०७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend