बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

आज सार्वजनिक हुँदैछ टाटा टियागो ईभी, रेन्ज ३ सय किलोमिटरभन्दा बढी

बुधबार, असोज १२ २०७९
आज सार्वजनिक हुँदैछ टाटा टियागो ईभी, रेन्ज ३ सय किलोमिटरभन्दा बढी

यो कारमा टिगोर ईभीमा सरह २६ केडब्लूएच लिथियम आयन ब्याट्री प्याक हुनेछ। टियागो ईभी डीसी फस्ट चार्जरबाट चार्ज गर्दा १ घण्टामै ८० प्रतिशत चार्ज हुनेछ।

काठमाडौं- टाटा मोटर्सले तुलनात्मक रुपमा सबैभन्दा सस्तो मूल्यको विद्युतीय कार आज सार्वजनिक गर्दैछ। टाटा मोटर्सले टियागो ह्याचब्याक कारलाई विद्युतीय भर्सनमा ल्याएको हो। विद्युतीय कार उत्पादनमा आक्रामक देखिएको टाटाले आफ्नो लाइनअप थप्दै लगेको छ। 

टियागो ईभीलाई भारतकै सस्तो विद्युतीय कार हुने अनुमान गरिएको छ। टाटाको विद्युतीय कार सिरिजमा टियागो ईभी आएपछि अर्को मोडल थपिएको हो। टाटाले टियागो ईभी १० लाखभन्दा कम भारुतीय रुपैयाँमा सार्वजनिक गर्ने अनुमान गरिएको छ। 

टाटा मोटर्सले २०१८ को अटो एक्सपोमा पहिलोपटक टियागो ईभी सोकेस गरेको थियो। २०२० मा भारतीय बजारमा बिक्रीका लागि आउने अनुमान गरिएको यो कार हालसम्म आउने नआउने निश्चित थिएन। तर अब भने टाटा मोटर्सले टियागो ईभी सार्वजनिक नै गर्दैछ। 

यो कार विद्युतीय सवारी सेगमेन्टमा भारतकै सबैभन्दा सस्तो र गुणस्तरीय कार हुने अनुमान धेरैले गरेका छन्। ह्याचब्याक सेगमेन्टको टियागोको विद्युतीय भर्सन भारतीय बजारमा १० लाख भारुभन्दा कममा आउने अनुमानसँगै उक्त विद्युतीय कार नेपालमा पनि ३० लाख रुपैयाँ कममा आउने अनुमान गरिएको छ।  

टाटाले हाल भारतीय बजारमा नेक्सन ईभी, नेक्सन ईभी म्याक्स र टिगोर ईभी बिक्री गर्दै आएको छ। टाटाले आगामी ५ वर्षमा १० वटा विद्युतीय सवारी बजारमा ल्याइसक्ने जनाएको छ। 

टाटा मोटर्सले टियागो ईभी पनि अन्य दुई मोडलका विद्युतीय कार सार्वजनिक गर्ने तयारीसमेत गरेको छ। टाटा मोटर्सले २०३० सम्ममा आफूले बिक्री गर्ने कुल प्यासेन्जर कारको ३० प्रतिशत विद्युतीय हुने बताएको छ। यो योजनाले सरकारी लक्ष्यलाई समेत सहयोग पुग्ने टाटा मोटर्सको भनाइ छ। 

टियागो ईभी पेट्रोलियम इन्जिनकै डिजाइनमा आउने भए पनि इन्टेरियर र ग्रिलमा भने परिमार्जन हुनेछ। टाटा टियागो ईभी फास्ट चार्जिङ क्षमतासहित आउनेछ। यो कारमा टिगोर ईभीमा सरह २६ केडब्लूएच लिथियम आयन ब्याट्री प्याक हुनेछ। टियागो ईभी डीसी फस्ट चार्जरबाट चार्ज गर्दा १ घण्टामै ८० प्रतिशत चार्ज हुनेछ। त्यस्तै यो कार एकपटकको फुल चार्जमा ३ सय किलोमिटर रेन्ज दिने अनुमान गरिएको छ। 

टियागो ईभी बजारमा आएसँगै विद्युतीय कार किन्ने उपभोक्ताका लागि धेरै वटा छनौटको विकल्प हुनेछ। यस्तो विकल्प भारतीय उपभोक्ताका लागि मात्र नभइ नेपाली उपभोक्तालाई समेत हुनेछ। 

टाटाका विद्युतीय कार नेक्सन ईभी, टिगोर ईभी नेपाली बजारमा पनि उपलब्ध छन्। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले भारतमा सार्वजनिक भएलगत्तै टाटा नेक्सन ईभी नेपाल ल्याएको थियो। हाल टाटा नेक्सन ईभी नेपालमा सर्वाधिक बिक्री हुने विद्युतीय कारमा पर्छ। 

नेपालमा ३० लाख रुपैयाँ वा त्योभन्दा सस्तोमा विश्वसनीय ब्रान्डको विद्युतीय कार पर्खिने उपभोक्ताको संख्या ठूलो छ। यो तप्काका उपभोक्ताका लागि टियागो ईभी उपयुक्त विकल्प हुनसक्छ। 

सप्लाइ चेनमा सुधार हुँदै गएकाले भातरमा सार्वजनिक भएको केही महिनाभित्रै टियागो ईभी नेपाली बजारमा आउनेछ। 


प्रकाशित : बुधबार, असोज १२ २०७९०३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend