बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सार्वजनिक भयो हाइब्रिड प्रविधिसहित सुजुकीको नयाँ ग्रान्ड भिटारा, यस्ता छन् विशेषता 

सोमबार, असोज १० २०७९
सार्वजनिक भयो हाइब्रिड प्रविधिसहित सुजुकीको नयाँ ग्रान्ड भिटारा, यस्ता छन् विशेषता 

महत्पवूर्ण कुरा के छ भने नयाँ ग्रान्ड भिटारामा १.५ लिटर थ्री सिलिन्डर एट्किन्सन साइकल पेट्रोल इन्जिन तथा विद्युतीय मोटर र ब्याट्री प्याक रहेको छ।

काठमाडौं- सुजुकीको चर्चित एसयूभी ग्रान्ड भिटारा नयाँ अवतारमा सार्वजनिक भएको छ। मारुती सुजुकीले सोमबार औपचारिक रुपमा ग्रान्ड भिटारा २०२२ सार्वजनिक गरेको हो। 

सुजुकीले भारतीय बजारमा लामो समयदेखि पर्खाइको रुपमा रहेको ग्रान्ड भिटारा हाइब्रिड प्रविधिसहित सार्वजनिक भएको छ। यो पाँच सिट क्षमताको एसयूभीले मुख्या गरि हाल भारतीय बजारमा उल्लेख्य संख्यामा बिक्री भइरहेको हुन्डाई क्रेटा, किया सेल्टोस, एमजी एस्टोर, फक्सवागन टागुन, स्कोडा कुशाक, निसान किक्सलगायत कारसँग प्रतिस्पर्धा गर्ने छ। 

महत्पवूर्ण कुरा के छ भने नयाँ ग्रान्ड भिटारामा १.५ लिटर थ्री सिलिन्डर एट्किन्सन साइकल पेट्रोल इन्जिन तथा विद्युतीय मोटर र ब्याट्री प्याक रहेको छ। दुई कम्बाइन्ड पावरयुक्त हाइब्रिड नयाँ ग्रान्ड भिटाराले ११६ पीएस दिन्छ। 

डेडिकेटेड ईभी मोडसहित ट्राफिक जाम तथा कम गतिमा गाडी गुडेको बेला पावर कम खपत गर्ने प्रविधि नयाँ ग्रान्ड भिटारामा रहेको छ। यो कारको माइलेज स्ट्यान्डर्ड प्रतिलिटर २८ किलोमिटर रहेको दाबी गरिएको छ। माइल्ड–हाइब्रिड सिस्टयुक्त यो कारमा के१५ सी पेट्रोल इन्जिन रहेको छ। 

ग्रान्ड भिटारामा प्रयोग भएकै पावरट्रेन नयाँ ब्रेजा, इर्टिगा र एक्एलसिक्समा पनि रहेको छ। यो हाइब्रिड प्रणाली टोयोटा र सुजुकीको सम्झौताअनुसार टोयोटाले उपलब्ध गराएको हो। 

फोर ह्वील ड्राइभ भएको यो एसयूभीमा ५ स्पीड म्यानुअल र ट स्पीड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसन नयाँ ग्रान्ड भिटारामा छ। मिडसाइज एसयूभी ग्रान्ड भिटारामा ९ इन्चको टच स्क्रिन, ३६० डिग्री क्यामेरा सिस्टम, ६ एयरब्याग, वायरलेस चार्जर, सनरुफलगायत विशेषता छन्। ग्रान्ड भिटारा विभिन्न ६ भेरियन्ट र ६ कलर अप्सनमा उपलब्ध छ भने ३ वटा डुअल टोन कलरमा सार्वजनिक भएको छ। 

सुजुकीको पुरानो ग्रान्ड भिटारा नेपाली बजारमा अहिले पनि देख्न सकिन्छ। यो एसयूभी प्रति नेपाली उपभोक्ताको रुची तथा चासो रहिआएको छ। भारतमा सार्वजनिक भएको यो एसयूभी नेपाली बजारमा पनि कार आयातमा लगाइएको प्रतिबन्ध फुकुवा भएलगत्तै आउने छ।  


प्रकाशित : सोमबार, असोज १० २०७९०८:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend