बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

टाटा मोटर्सको दसैँ अफर ‘वडा पर्वको वडा अफर’

आइतबार, असोज ९ २०७९
टाटा मोटर्सको दसैँ अफर ‘वडा पर्वको वडा अफर’

यसका साथै निशुल्क नामसारी, एक वर्षको सवारी कर, २ लाख नगद छुट र फाइनान्सको सुविधालगायतका विशेष आर्कषणहरु रहेका छन्।

काठमाडौं- नेपालका लागी टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर भहिकल सेग्मेन्टका लागि दसैँ २०७९ को अवसरमा नयाँ अफर ल्याएको छ।

‘वडा पर्वको वडा अफर’ दसैँ योजना अन्तर्गत टाटाका गाडीहरु खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सकिनेछ। जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मूल्यांकन प्राप्त गर्न सक्ने छन् भने यससँगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ। 

यसका साथै निशुल्क नामसारी, एक वर्षको सवारी कर, २ लाख नगद छुट र फाइनान्सको सुविधालगायतका विशेष आर्कषणहरु रहेका छन्। स्टक सीमित मात्रामा भएकाले यस वडा पर्वको वडा अफर अन्तर्गत गाडी खरिद गर्ने ग्राहकलाई डेलिभरी दिने कम्पनीले जनाएको छ।  

ग्राहकले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भइ नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाइभ, नेक्सन, टियागो र टिगोरलगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन्। यस वडा दसैँको विशेष अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा पाल्नुभइ नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनिले जनाएको छ। 


प्रकाशित : आइतबार, असोज ९ २०७९१३:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend