बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

पहिलो नाडा ईभी एक्सपो २०२२ सकियो, ३० हजारले गरे अवलोकन

आइतबार, असोज ९ २०७९
पहिलो नाडा ईभी एक्सपो २०२२ सकियो, ३० हजारले गरे अवलोकन

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले गरेको पहिले विद्युतीय सवारीको प्रदर्शनी सकिएको को छ। बिहीबारबाट सुरू भएको प्रदर्शनी आइतबार सकिएको हो। 

ईभी एक्सपोमा ३० हजारभन्दा बढीले आवलोकन गरेको नाडाको दाबी छ। ईभी एक्सपोमा वेस्ट स्टल हुडाई भएको छ। दुई पांग्रे तर्फको वेस्ट स्टल भने जोय स्कुटर भएको छ।

सरकारले पेट्रोलियम कारमा प्रतिवन्ध लगाएपछि अर्थतन्त्रलाई कुनै न कुनै रूपमा चलायमान बनाउन नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले पहिले ईभी एक्सपो आयोजना गरेको अध्यक्ष ध्रुवबहादुर थापाले बताए। नाडाले गरेको पहिलो ईभी एक्सपोमा यति धेरै सहभागिता भयो कि यो आफूहरूले सोचेभन्दा बढी भएको उनको भनाइ छ।

'आम मानिसको ईभी प्रतिको रूचि तथा सहभागिताले आगामी दिनमा पनि ईभी एक्सपो निरन्तर गर्नुपर्छ भन्ने हामीलाई लागेको छ, थापाले भने, 'योसँगै हामीले पेट्रोलियम कारको आयात खुलेपछि नियमित नाडा अटो शो पनि जनवरी वा फेब्रुअरीमा गर्ने योजना छ।'

ईभी एक्सपोमा ब्रान्डका विद्युतीय कार, १६ ब्रान्डका विद्युतीय स्कुटर तथा मोटरसाइकल र एउटा ब्रान्डको तीनपांग्रे विद्युतीय सवारी प्रदर्शनीमा राखिएको छ।

एक्सपोको दोस्रो दिनबाट 'ईभी चौतारी' नामक बहस तथा छलफल भएको थियो। ३ दिन फरक ३ विषयमा नयाँ प्रविधिलगायत बारे छलफल भएको थियो।


प्रकाशित : आइतबार, असोज ९ २०७९१२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend