बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

अमेरिकी विद्युतीय कार निर्माता फिस्कर ओसियन भारतमा, रेन्ज ६३० किमि, नेपाल पनि आउला? 

आइतबार, असोज ९ २०७९
अमेरिकी विद्युतीय कार निर्माता फिस्कर ओसियन भारतमा, रेन्ज ६३० किमि, नेपाल पनि आउला? 

फिस्करले भारतमा कार उत्पादन गर्न संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) बनाउने तयारी गरेको छ। त्यसका लागि केही कमपनीले प्रस्ताव समेत गरेको छ। यसबारले कम्पनी छिट्टै निर्णय लिने बताएको छ। 

काठमाडौं- अमेरिकी विद्युतीय कार निर्माता कम्पनी फिस्कर इंकले भारतमा कार बिक्री गर्ने भएको छ। त्यसका लागि फिस्करले केही महिनाअघि दिल्ली एनसीआरमा पहिलो डिलर बनाएको थियो। 

फिस्करको पहिलो विद्युतीय एसयूभी ओसियन भारतमा बिक्री गर्न लागेको हो। कम्पनीले २०२३ को जुलाईबाट उक्त कार भारतमा उपभोक्तालाई हस्तान्तरण गर्ने भएको छ। फिस्करले ओसियन पहिलोपटक लसएन्जलस अटो शो २०२१ मा सार्वजनिक गरेको थियो। 

फिस्करले ओसियन युरोपेली बजारमा २०२२ को सुरुवातमा सार्वजनिक गरेको थियो। फिस्करले कार उत्पादन अस्ट्रियामा रहेको ग्राज उत्पादन केन्द्राबाट गएको नोभेम्बरदेखि ओसियान उत्पादन गरिरहेको छ। 

फिस्कर इंककै सक्सेसर कम्पनीका रुपमा रहेको फिस्कर अटोमोटिभ २०१६ मा स्थाापना भएको थियो। यो कम्पनीले कर्मा नामक सेडान कार समेत बनाएको थियो। यो कम्पनी हेनरिक फिस्करले स्थापना गरेका थिए। 

हालसम्म फिस्कर ओसियनको बुकिङ ६० हजारभन्दा बढी पुगेको कम्पनीले जनाएको छ। यसमध्ये केही संख्या भातरबाट समेत रहेको छ। ओसियन प्रति भारतीय उपभोक्ताले दिने प्रतिक्रियापछि भारतीय बजार लक्षित थप योाजना बनाउने कम्पनीको भनाइ छ।

फिस्करले २०२४ सम्ममा भारतमा स्थानीय रुपमा उत्पादिन प्रोडक्ट २० लाख भारुभन्दा कम मूल्यमा सार्वजनिक गर्ने दाबी गरेको छ। भारतमा विद्युतीय सवारीको बढ्दो मागलाई सम्बोधन गर्दै फिस्करले आक्राम बजार विस्तारको नीति लिने देखिएको छ।  

फिस्कर ओसियन अमेरिकामै डिजाइन गरिएको विद्युतीय कार हो। हाल भारतमा बिक्री भइरहेका अन्य विद्युतीय कारभन्दा ओसियन निक्कै भिन्न रहेको छ। फिस्करको हैदराबादमा रहेको टेक्निकल सेन्टरलाई अमेरिकी सेन्टरले प्राविधिक सहयोग उपलब्ध गराइ रहेको छ। हाल हैदराबाद सेन्टरमा ५० जनाभन्दा बढी इन्जिनियरहरुले काम गरिहरका छन्। 

फिस्करले भारतमा कार उत्पादनका लागि करिब ८० करोड अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ। उक्त लगानीबाट बन्ने प्लान्टले वार्षिक ५० हजार कार उत्पादन क्षमता राख्दछ। यही प्लान्टमा फिस्करले ब्याट्री समेत उत्पादन गर्ने तयारी गरेको छ। 

फिस्करले भारतमा कार उत्पादन गर्न संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) बनाउने तयारी गरेको छ। त्यसका लागि केही कम्पनीले प्रस्ताव समेत गरेको छ। यसबारले कम्पनी छिट्टै निर्णय लिने बताएको छ। 

ओसियनले एक पटकको फुल चार्जमा ६ सय ३० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। यो रेन्ज डब्लूएलटीपी साइकलअनुसार हो। यो कार विभिन्न ब्याट्री अप्सनमा आउनेछ। भारतमा आएलगत्तै यो कार नेपाली बजारमा समेत आउने अनुमान गरिएको छ। विद्युतीय कारमा सरकारले कर सहुलियत दिएको र नेपाली बजारमा पनि विद्युतीय कारका उपभोक्ता बढ्दै गएकाले यो अमेरिकी ब्रान्ड आउन सक्छ। 


प्रकाशित : आइतबार, असोज ९ २०७९०६:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend