बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नाडा ईभी एक्सपोमा हिरो इलेक्ट्रिक स्कुटर किन्दा नगदसहित आकर्षक अफर

बिहीबार , असोज ६ २०७९
नाडा ईभी एक्सपोमा हिरो इलेक्ट्रिक स्कुटर किन्दा नगदसहित आकर्षक अफर

एक दशकभन्दा लामो समयदेखि भारतमा नम्बर १ स्थान ओगट्न सफल हिरो इलेक्ट्रिकको नेपालको लागि आधिकारीक बिक्रेता लक्ष्मी ई मोविलिटीले नेपालभरका इच्छुक पक्षबाट डिलरसिपको लागि समेत आवेदन लिदैछ।

काठमाडौं- भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई मोविलिटी प्रालिले आकर्षक अफर ल्याएको छ। 

लक्ष्मी ई मोविलिटी प्रालिले नाडा ईभी एक्सपोमा स्टल नम्बर सीसेभेनमा बुकिङ गरि स्कुटर खरिद गर्न चाहने ग्राहकको लागि नगद सहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको छ। जसमा २५ हजार रुपैयाँसम्मको नगद पुरस्कार र लक्की ड्र मार्फत एक जनालाई जर्मन ब्राण्ड बोसको वासिङ मेसिन प्रदान गरिने कम्पनीले जनाएको छ। 

नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्री सहितको अप्टीमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध रहेका छन्। एक पटक फूल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटरसम्मको रेन्ज दिने यी स्कुटरहरुले भारतसहित नेपालमा पनि अति राम्रो बजार लिएको छ।

भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन्। नेपाली बजारमा हाल चार मोडेल उपलब्ध गराइएको छ र थप नयाँ मोडलको बारेमा जानकारी लिनको ईभी एक्सपोमा स्टल नम्बर सीसेभेनमा सम्पर्क गर्न सकिने कम्पनीेले जनाएको छ। 

एक दशकभन्दा लामो समयदेखि भारतमा नम्बर १ स्थान ओगट्न सफल हिरो इलेक्ट्रिकको नेपालको लागि आधिकारीक बिक्रेता लक्ष्मी ई मोविलिटीले नेपालभरका इच्छुक पक्षबाट डिलरसिपको लागि समेत आवेदन लिदैछ।

हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टू ह्विलर्स स्कुटर निर्माता कम्पनी हो। हिरो इलेक्ट्रिकका हजारौं सन्तुष्ट ग्राहकहरु छन्। हिरो इलेक्ट्रिकले भारतमा इलेक्ट्रिक मोविलिटी क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि अग्रस्थान ओगट्दै आइरहेको छ।


प्रकाशित : बिहीबार , असोज ६ २०७९०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend